साेमबार भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

काठमाडौं । छिमेकी राष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा क्वात्रा नेपाल आउन लागेको मन्त्रालयले जनाएको हो ।पौडेल र क्वात्राबीच कनेक्टीभिटी, विद्युत् व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुने मन्त्रालयले विज्ञप्ति जनाएको छ ।

क्वात्राले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्री बिमला राई पौड्याल लगायतका उच्च पदाधिकारीसँग भेट्ने कार्यक्रम छ ।

नेपालका लागि भारतको पुर्व राजदूत समेत रहेका क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो समेत दिने श्रोतले जनाएको छ ।परराष्ट्र मन्त्रालयले विज्ञप्ति आज शुक्रबार निकालेको विज्ञप्तिमा फागुन १ गते सोमबार नेपाल आउने र क्वात्रा मंगलबार भारत फर्कने उल्लेख गरेकाे छ ।

 

You might also like
Comments
Loading...