मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौँ घुस मागेपछि महाप्रबन्धकलाई निलम्बन गरिएको हो : पर्यटनमन्त्री

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौँ घुस मागेपछि निलम्बन गरेको बताएका छन् ।

मन्त्रीलाई बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले सो कुरा बताएका छन् । घुस मागेको अडियो प्राप्त भएपछि घटनाको जाँचबुझका लागि मन्त्रीस्तरीय निर्णयबाट ठाकुरलाई निलम्बन गरिएको हो ।

मन्त्री किरातीले मन्त्रीले कहिले पैसा माग्यो भन्ने खुल्न पर्ने र पैसा मागेको पाइए मन्त्रीलाई पनि कारबाही हुनुपर्ने बताए । उनले २० लाख पर्यटक ल्याउने कार्ययोजना ल्याउन पर्यटन बोर्डलाई निर्देशनसमेत दिए ।

उनले कर्मचारीलाई हेरफेर गरेर आतंक नमच्चाउने तर कर्मचारीको साथ र काम चाहिने स्पष्ट पारे । पर्यटन प्रवर्द्धनका लागि चलाइएको अभियानअन्तर्गत कति पर्यटक भित्रियो भन्ने यकिन तथ्यांक बोर्डले दिनुपर्ने उनको भनाइ छ ।

उनले आफूले कसैको पनि एकपैसा नखाने र अब यस्ता अन्य घुस प्रकरणहरू खुल्दै जाने र कारबाही गर्ने चेतावनी दिए । साथै मन्त्री किरातीले पर्यटन क्षेत्रको समस्यालाई सम्बोधन गर्नका लागि मन्त्रालयले एकीकृत कार्ययोजना बनाएको बताए ।

You might also like
Comments
Loading...