कांग्रेसले आज जनकपुरमा सभा गर्दै, १ लाखभन्दा बढी मतदाताको सहभागिता हुने दाबी
काठमाडौँ। नेपाली कांग्रेसले आज जनकपुरमा सभा गर्दै छ। कांग्रेस मधेस प्रदेश कार्यसमितिको आयोजनामा बुधबार कांग्रेसले जनकपुरमा सभा गर्न लागेको हो। यो सभालाई प्रतिज्ञा सभा भनिएको छ। यही सभाबाट कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दैछ। यसपालि घोषणापत्रलाई कांग्रेसले प्रतिज्ञा पत्र भनेको छ।
कांग्रेसले निर्वाचन आयोगलाई भने फागुन ३ गते नै पार्टीको घोषणापत्र बुझाएको थियो। जनकपुरको सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्नुहुनेछ।
प्रतिज्ञा सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरी १ लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले जानकारी दिनुभयो।जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञा पत्रका बारेमा काठमाडौँमा पनि पत्रकार सम्मेलन गरेर जानकारी दिइने भएको छ।
आज दिउँसो ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता देवराज चालिसेले प्रतिज्ञा पत्रबारे जानकारी दिने कांग्रेसले जनाएको छ।
ताजा अपडेट
-
१.
भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम
-
२.
सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
६ महिनामा सात प्रतिशतले बढ्यो वायुसेवा निगमको आम्दानी
-
५.
कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक
ट्रेन्डिङ
सम्बन्धित समाचार
भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम
काठमाडौं । भारतको नागरिक उड्डयन नियामक निकाय (डिजीसीए)ले हवाई टिकट फिर्ता र रद्दसम्बन्धी नियममा यात्रुहरूको हितमा महत्त्वपूर्ण परिवर्तन गरेको...
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम बिहीबार सम्पन्न खेलमा दक्षिण...
६ महिनामा सात प्रतिशतले बढ्यो वायुसेवा निगमको आम्दानी
काठमाडौँ। नेपाल वायुसेवा निगमको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार देखिएको छ। चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको आम्दानी र यात्रु सङ्ख्या...
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताउनुभएको छ। बिहीवार सुर्खेतमा...




