मुख्य समाचार

आज ग्याल्पो ल्होसार

काठमाडौँ। शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन्। शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ।

पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ। नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ।

स्याब्रु नृत्य, तुङ्गना (डम्याङ)को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउँछ ।नयाँ वर्षका रुपमा मनाइने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने पनि विश्वास छ ।

यो पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सृजना गर्दछ । यस अवसरमा गुम्बा दर्शन, धर्मगुरु र लामाबाट आशिर्वाद प्राप्त गर्ने परम्परा, विशेष परिकार खाप्से, डेशिल, गुथुक आदिको स्वाद लिनु र परिवारसँग मिलेर उल्लासपूर्वक समय बिताउनु नेपालीहरुको मौलिक पहिचान हो।

सम्बन्धित समाचार

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...

पश्चिम भारतको एक रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु

पश्चिम भारतको एक रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु

भारतको पश्चिमी राज्य राजस्थानको एक रासायनिक कारखानामा सोमबार आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । अन्य धेरै व्यक्तिहरू...

अमेरिकी सेनाद्वारा पूर्वी प्रशान्त र क्यारिबियनमा ३ वटा जहाजमाथि आक्रमण, ११ जनाको मृत्यु

अमेरिकी सेनाद्वारा पूर्वी प्रशान्त र क्यारिबियनमा ३ वटा जहाजमाथि आक्रमण, ११ जनाको मृत्यु

अमेरिकी सेनाले पूर्वी प्रशान्त र क्यारिबियन क्षेत्रमा तीनवटा जहाजमाथि आक्रमण गर्दा ११ जनाको मृत्यु भएको अमेरिकी दक्षिणी कमाण्डले जानकारी...

दुर्गा प्रसाईंलाई बिना शर्त रिहा गर्न माग गर्दै गृह मन्त्रालय पुग्यो राप्रपा

दुर्गा प्रसाईंलाई बिना शर्त रिहा गर्न माग गर्दै गृह मन्त्रालय पुग्यो राप्रपा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विनासर्त अविलम्व रिहा गर्न माग गरेको छ। पार्टीको प्रतिनिधिमण्डलले...