प्रधानमन्त्रीका आकांक्षीहरुलाई सभापति थापासँग सार्वजनिक बहस गर्न काँग्रेसको चुनौती
काठमाडौँ। नेपाली काँग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले प्रधानमन्त्रीका आकांक्षीहरुलाई पार्टी सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापासँग खुला संवाद गर्न चुनौती दिनुभएको छ। मंगलवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो चुनौती दिनुएको हो । नेपाली काँग्रेस जस्तोसुकै राजनीतिक चुनौतीको सामना गर्न तयार रहेको उहाँको भनाइ छ।
उहाँले सबै दलका प्रधानमन्त्रीका उम्मेदवारहरुलाई सार्वजनिम बहस र संवादका लागि तयार हुन आग्रह पनि गर्नुभयो। प्रदेशका मुख्यमन्त्री समेत रहेका यादवले पार्टी बुधवार मधेस प्रदेशको धनुषाबाट आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने उल्लेख गर्दै उक्त सभामा सहभागि हुन सबैमा अपिल समेत गर्नुभयो। सबै नागरिकले मुलुक निर्माणको जिम्मेवारी बोध गर्दै कार्यक्रममा उपस्थित भई शीर्ष नेताहरुको सम्बोधन सुन्न सबैमा आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, ‘यदि कोहीले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार ठानेको छ भने काँग्रेस सभापति गगनकुमार थापासँग संवाद गरोस् । नेपाली काँग्रेस जुनसुकै चुनौतीको सामना गर्न तयार छ । खुला संवादका लागि हामी सबै प्रधानमन्त्रीका उम्मेदवारहरुलाई आह्वान पनि गर्न चाहान्छौँ। भोलि हामी यहीँबाट पार्टीको घोषणापत्र सार्वजनिक गर्न गइरहेका छौँ। सबैले आफूलाई मुलुक निर्माणको लागि जिम्मेवार ठानेर भोलिको आम सभामा उपस्थित हुनुहोस् ।’
पार्टीले ‘भिजन १०’को थिममा प्रतिज्ञापत्रको नाम दिएर घोषणा पत्र तयार पारेको जनाएको छ । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत
काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...
पश्चिम भारतको एक रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु
भारतको पश्चिमी राज्य राजस्थानको एक रासायनिक कारखानामा सोमबार आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । अन्य धेरै व्यक्तिहरू...
अमेरिकी सेनाद्वारा पूर्वी प्रशान्त र क्यारिबियनमा ३ वटा जहाजमाथि आक्रमण, ११ जनाको मृत्यु
अमेरिकी सेनाले पूर्वी प्रशान्त र क्यारिबियन क्षेत्रमा तीनवटा जहाजमाथि आक्रमण गर्दा ११ जनाको मृत्यु भएको अमेरिकी दक्षिणी कमाण्डले जानकारी...
दुर्गा प्रसाईंलाई बिना शर्त रिहा गर्न माग गर्दै गृह मन्त्रालय पुग्यो राप्रपा
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विनासर्त अविलम्व रिहा गर्न माग गरेको छ। पार्टीको प्रतिनिधिमण्डलले...




