सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने
काठमाडौं । सरकारले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ परिमार्जन गर्ने भएको छ । नेपाल चिकित्सक संघसँगको वार्ताका क्रममा सरकारी पक्ष कार्यविधि संशोधन गर्न तयार भएको हो ।
विशिष्ट व्यक्तिको सवारीका बेला नागरिक हिँड्न समेत नपाउने गरी सुरक्षामा कडाइ गरेको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिवर्तन गर्ने सहमति गरको छ ।
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न जादा सडकमा सुरुक्षा कडाई गरिएको थियो र सवारीका बेला हिँडेको भन्दै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरका डाक्टरलाई समेत कुटपिट गरेको थियो ।
कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको थियो । सरकार र नेपाल चिकित्सक संघबीच ६ बुदे सहमतिभएसँगै आज घोषणा गरेको देशभरको अस्पतालको आकस्मिक बाहेकका सेवा नदिने आन्दोलनको कार्यक्रम स्थगित भएको छ । वार्तामा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गर्नेसहित ६ बुँदे सहमति भएको छ ।
सोमबार बिहान सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा सरकार र चिकित्सक संघका प्रतिनिधिबीच वार्ता भएको हो ।
वार्तामा चिकित्सक संघका प्रतिनिधिबीच अध्यक्ष डा लोचन कार्की महासचिव डा.बद्री रिजाल, डा. प्रकाश बुढाथोकी, ट्रमा सेन्टरका निर्देशक डा.रुद्र मरासिनी, संघका पूर्व अध्यक्ष डा.मुक्तिराम श्रेष्ठ सहभागी रहेका छन् भने सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले र गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंह रहेका थिए।

ताजा अपडेट
-
१.
बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदै, विशेष धार्मिक समारोहको तयारी
-
२.
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
-
३.
रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन
-
४.
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
-
५.
उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार चलाउनेछः कुलमान घिसिङ
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




