प्रमुख खवर

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ

दाङ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज दाङको राप्ती गाउँपालिका मौरीघाटमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले हिजो नियुक्त भएका मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

पुनर्गठित मन्त्रिपरिषदमा नेकपा एमालेबाट तीन जना, माओवादी केन्द्रबाट दुई जना, राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका थिए ।

समारोहमा आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शपथ लिएका हुन् ।

सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने तत्काल सरकारमा नजाने भएका छन् ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...