प्रमुख खवर

तिरुपति इंगलिस बोर्डिङ स्कुलले मनायो १६औं वार्षिकोत्सव तथा अभिभावक दिवस

काठमाडौं । शिक्षा क्षेत्रमा अग्रणी पहिचान बनाउन सफल तिरुपति इंगलिस बोर्डिङ स्कुलको १६औं वार्षिकोत्सव तथा  अभिभावक दिवस मनाएको छ । शनिबार पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनालको प्रमुख आतिथ्यतामा विद्यालयले १६औं अभिभावक दिवस मनाएको हो ।

कार्यक्रममा नेसनल प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमाल, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, निवर्तमान प्रदेस सभा सदस्य कुसुम कुमार कार्की लगायत अन्य विशिष्त व्यक्तित्वहरुसहित अभिभावक तथा विद्यार्थीहरुको उपस्थितिमा अभिभावक दिवस मनाइएको प्रिन्सिपल तथा संस्थापक तेन्जिङ भोटियाले जानकारी दिए ।

काठमाडौं बुढानिलकण्ठ–१०, कपनमा रहेको तिरुपति इङ्लिस बोर्डिङ हाइ स्कुल १७ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत प्रदान गरिएको छ । ‘संस्कारयुक्त शिक्षा, हाम्रो विशेषता’ भन्ने नाराका साथ सञ्चालनमा आएको सो विद्यालयले प्ले ग्रुपदेखि कक्षा १० सम्म अध्यापन गराउँदै आएको छ । विद्यालयमा करीब ५ सय विद्यार्थी अध्ययनरत छन् ।

स्कूलका प्रिन्सिपल तेन्जिङ भुटिया घोकाउने होइन सिकाउने, थर्काउने होइन फकाउने स्कुल भनेर विद्यार्थीलाई प्रेरणा प्रदान गरी अध्यापन गराउँदै आएका बताउँछन् । अन्य विद्यालय भन्दा फरक ढंगले चलेको यस विद्यालयमा अनुभवी तथा दक्ष शिक्षकहरूले अध्यापन गराउँदै आएको भुटियाको दावी छ ।

‘विद्यार्थीलाई शिक्षासँगै राम्रो संस्कार पनि सिकाउँदै आएका छौं, कक्षा १० को अध्ययन सकेपछि नै विद्यार्थी आत्मनिर्भर बन्नुपर्छ भन्ने हाम्रो मान्यता छ,’ उनले भने, ‘सोही अनुुसार विद्यार्थीलाई प्रेरणा प्रदान गर्छौं ।’ विद्यालयले औपचारिक शिक्षासँगै अतिरिक्त क्रियाकलाप पनि सञ्चालन  गर्दै आएको छ । यसले विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न सहयोग पुर्याउने प्रिन्सिपल भुटियाको भनाइ छ । ‘म आफै पनि संगीत तथा कलाकारिता क्षेत्रमा आवद्ध छु, संगीत, कलाकारिता लगायत पनि हामीले प्राथमिकतामा राख्छौं ’ उनले भने ।

यस विद्यालयबाठ हालसम्म ४ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् भने काठमाडौं जिल्लाभरीका १० उत्कृष्ट विद्यालय मध्येमा पर्न सफल छ । विद्यालयले अन्तर्राष्ट्रिय स्कूल अवार्ड पनि प्राप्त गरिसकेको छ ।

प्रिन्सिपल भुटिया अबकोे लक्ष्य प्लस टु सञ्चालन गर्ने रहेको बताउँछन् । ‘सकेसम्म छिटो प्लस टु सञ्चालनमा ल्याउने तयारीमा हामी छौं, पीजी टु पीजी अर्थात प्ले ग्रुपदेखि पोष्ट ग्रयाजुएटसम्म शिक्षा प्रदान गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने,‘ सुलभ शुल्कमा सवैलाई शिक्षा प्रदान गर्ने वातावरण सिर्जना गरेका छौं । पैसाको कारण कोही पनि विद्यार्थी शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर सोही अनुसार गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति पनि दिन्छौं ।’

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...