सुख्खा मौसम शुरु भएसँगै आगलागीका घटना बढ्दै
काठमाडौँ। सुख्खा मौसम शुरु भएसँगै नेपालमा आगलागीका घटना बढ्दै गएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) काअनुसार फागुन ७ गतेदेखि फागुन ८ गतेसम्म देशभर १२ वटा विपद् घटना भएका छन् । जसमध्ये अधिकांश आगलागीका छन् । यी घटनाबाट एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । प्राधिकरणकाअनुसार करिव ५० लाख १९ हजार ५ सय रुपैयाँ क्षति भएको छ ।
आगलागीका प्रमुख घटना
सुनसरीको बराहक्षेत्र नगरपालिका–११ बकुलाछापमा विद्युतीय मिटर सर्ट भएर घर पूर्ण रूपमा जलेको छ । यसबाट अन्नपात, लत्ताकपडा, फर्निचरसहित १९ लाख १८ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–११ पिप्लेमा पनि विद्युत सर्टबाट दुई घर जलेर १३ लाख रुपैयाँको क्षति पुगेको छ । धनकुटाको चौकिसे गाउँपालिका–१ बुधबारेमा गोठमा आगलागी हुँदा ५ खसी र २ पाठा मरेका छन् भने २ बाख्रा घाइते भएका छन् ।
यसबाट ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । तेह्रथुमको फेदाप गाउँपालिका–२ पिपलबोटेमा खोले पकाउने आगोबाट गोठ र घर जलेर ३ लाख रुपैयाँ क्षति भएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ बलमतामा पाखाबारीको आगो सल्किएर दुई खाली घर जलेका छन् । यसबाट काठपात र भाँडाकुँडासहित ६ लाख ५० हजार रुपैयाँको क्षति पुगेको छ । सिरहाको मिचैंया नगरपालिका–९ ननुवा टोलमा ५२ वर्षीया महिलालाई ग्यास सिलिन्डरबाट आगलागी हुँदा शरीरको ३० प्रतिशत भाग पोलेर घाइते भएकी छन् । उनी स्थानीय अस्पतालमा उपचाररत छन् ।
धनुषाको जनकपुर उपमहानगरपालिका–८ मा जचया पसलमा आगलागीबाट १ लाख ५१ हजार रुपैयाँ क्षति भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ चुनेमुडामा मैनबत्ती छोड्दा कोठाको सामान पूर्ण नष्ट भएको छ । जुम्लाको तातोपानी गाउँपालिका–८ बनतडीमा घर पूर्ण रूपमा जलेको छ, क्षतिको विवरण आउन बाँकी छ।
यी घटनामा प्रहरी, दमकल, अपर पोस्ट, प्रचौ टोली र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रण गरिएको छ । त्यस्तै सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्षेपमा ५० वर्षीय पुरुष सगरमाथा आधार शिविर भ्रमणका क्रममा अचानक बिरामी परेका थिए । उनलाई लुक्ला अस्पताल पु¥याउँदा उपचारका क्रममा मृत्यु भएको छ । दार्चुलाको लेकम गाउँपालिका–५ रिठामा ४५ वर्षीया महिलालाई घरभित्र चट्याङ लागेर घाइते भएकी छन् । उनलाई गोकुलेश्वर अस्पताल पठाइएको छ । झापाको बाह्रदशी गाउँपालिका–१ बोक्राझारीमा ५० वर्षीया महिलालाई जंगली हात्तीले आक्रमण गरी घाइते बनाएको छ । उनी अस्पतालमा उपचाररत छन् ।
मौसम अवस्था
उक्त समयमा २९० वर्षा मापन केन्द्रमध्ये १४ वटामा मात्र वर्षा भएको छ । सबैभन्दा बढी १०।८ मिलिमिटर वर्षा बझाङको चैनपुर केन्द्रमा मापन भएको छ । न्युनतम तापक्रम सबैभन्दा कम –१।८ डिग्री सेल्सियस जुम्लामा रहेको छ भने अधिकतम तापक्रम ३२।८ डिग्री सेल्सियस सिराहाको लहानमा पुगेको छ। सुख्खा र चिसो मौसमले आगलागीको जोखिम बढाएको छ । प्राधिकरणले आगलागीबाट बच्न विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । विपद् सम्बन्धी थप सूचना तथा सन्देशका लागि आधिकारिक ट्विटर,फेसबुक र युट्युब च्यानल हेर्न सुझाव दिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
दाङ। जिल्लाको तुलसीपुरमा नेकपा ९ एमाले० को झण्डा जलाएको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी...
बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा हराए
चितवन। चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय...
अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर
अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका व्यापक ट्यारिफहरूलाई गैरकानूनी ठहर गरेको छ । ६–३ को बहुमतले फैसला गर्दै...
जलवायु परिवर्तनको असर पर्यटनमा पर्दा महिलाहरू सबैभन्दा बढी मारमाः मन्त्री श्रेष्ठ
काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे चिन्ता व्यक्त गर्नुभएको छ...




