मुख्य समाचार

देशमा केही भएको छैन भन्ने भाष्य गलत छ : ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा केही भएको छैन भन्ने भाष्य गलत भएको बताउनुभएको छ।

शनिवार झापाको दमकमा आयोजित निजी क्षेत्रसँगको संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। अध्यक्ष ओलीले देशमा केही हुँदै गएको र अझै धेरै गर्न बाँकी रहेको दाबी गर्नुभयो।

देशमा केही भएको र अझै धेरै गर्न बाँकी रहेको उहाँको भनाइ थियो। अध्यक्ष ओलीले विकास, निर्माणका काम गर्दै जाने विषय भएको पनि बताउनुभयो।

ओलीले भन्नुभयो,‘देशमा केही भएको छैन भन्ने होइन, भएको छ तर अझै हुन बाँकी छ। त्यो गर्दै जानुपर्छ। शिक्षा, स्वास्थ्य, खानेपानीमा पनि सुधार आएको छ। अझै गर्दै जानुपर्नेछ।’

अध्यक्ष ओलीले आफ्नो निर्वाचन झापा क्षेत्र नम्बर ५ मा पनि पूर्वाधार, शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै काम भएको बताउनुभयो।

सम्बन्धित समाचार

रौतहट घटनामा सद्भाव कायम राख्न केन्द्रीय सुरक्षा समितिको आह्वान

रौतहट घटनामा सद्भाव कायम राख्न केन्द्रीय सुरक्षा समितिको आह्वान

काठमाडौँ। केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको संयोजकत्वमा...

सुख्खा मौसम शुरु भएसँगै आगलागीका घटना बढ्दै

सुख्खा मौसम शुरु भएसँगै आगलागीका घटना बढ्दै

काठमाडौँ। सुख्खा मौसम शुरु भएसँगै नेपालमा आगलागीका घटना बढ्दै गएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण...

दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

दाङ। जिल्लाको तुलसीपुरमा नेकपा ९ एमाले० को झण्डा जलाएको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी...

बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा हराए

बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा हराए

चितवन। चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय...