मुख्य समाचार

‘ट्रेड युनियन खारेज गर्ने’ रास्वपाको वाचाप्रति राष्ट्रिय शिक्षक संगठनको आपत्ति

काठमाडौं। नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक स‌ंगठनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको चुनावी ‘वाचापत्र (घोषणापत्र) मा ट्रेड युनियन खारेज विषय समावेश गरिएकोप्रति आपत्ति जनाएको छ। सोमबार संगठनले विज्ञप्ति जारी गर्दै यस्तो व्यवस्था अस्वीकार गर्ने जनाएको हो।

विज्ञप्तिमा भनिएको छ,‘२०८२ फागुन २१ गते सम्पन्न हुने निर्वाचनका सन्दर्भमा २०८२ फागुन ७ गते रास्वपाले सार्वजनिक गरेको चुनावी वाचामा ट्रेड युनियन खारेजी गर्ने गरी समावेश गरिएकोप्रति नेपाल राष्ट्रिय शिक्षक संगठन, राष्ट्रिय समितिको गम्भीर ध्यान आकर्षित भएको छ।’

संगठनले नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई ट्रेड युनियन खोल्ने, त्यसमा आबद्ध हुने तथा सामूहिक सौदाबाजी गर्ने मौलिक अधिकार प्रदान गरेको जनाएको छ।

‘ट्रेड युनियनहरू स्वतन्त्र, पेशागत र गैर-दलीय प्रकृतिका संस्थाहरू हुन्, तिनीहरूको उद्देश्य श्रमिक तथा पेशाकर्मीहरूको हक-हित संरक्षण गर्नु हो, श्रमिकहरूलाई संगठन स्थापना गर्ने र सामूहिक सौदाबाजी गर्ने अधिकारको संरक्षण गर्न राज्यलाई बाध्यकारी बनाएको छ, ट्रेड युनियन खारेजी वा त्यसको स्वतन्त्रतामाथि अंकुश लगाउने परिकल्पना गर्ने कुनै पनि राजनीतिक दल लोकतान्त्रिक हुनै सक्दैन,’विज्ञप्तिमा उल्लेख छ।

संगठनले यो नेपालको संविधान, कानून तथा नेपालले अनुमोदन गरेको अन्तराष्ट्रिय महासन्धि विपरितको कार्य समेत रहेको जनाएको छ।

‘यो परिकल्पना गर्ने दलको राजनैतिक चरित्र लोकतान्त्रीक हो भनि मान्न सकिदैन,नेपाल राष्ट्रिय शिक्षक सङ्गठन स्पष्ट रूपमा उल्लेख गर्न चाहन्छ कि ट्रेड युनियनहरू लोकतन्त्रका आधारस्तम्भ हुन्, पेशाकर्मीहरूको सङ्गठनात्मक अधिकार कुनै पनि अवस्थामा संकुचित गर्न मिल्दैन, र संविधान र अन्तर्राष्ट्रिय सन्धिको मर्मविपरीतका अभिव्यक्तिहरू अस्वीकार्य छन्’,विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित समाचार

दुर्गा प्रसाईँको मुद्दाको फाइल झिकाउन आदेश

दुर्गा प्रसाईँको मुद्दाको फाइल झिकाउन आदेश

काठमाडौँ। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सक्कल फाइल झिकाउने आदेश गरेको छ। न्यायाधीशद्वय डा. नहकुल...

एमालेको पहिलो प्राथमिकता देश हो : ओली

एमालेको पहिलो प्राथमिकता देश हो : ओली

झापा। नेकपा एमालेका अध्यक्ष तथा झापा–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार केपी शर्मा ओली ले एमालेको पहिलो प्राथमिकता देश...

एमालेकी निवर्तमान सांसद सम्झना थपलिया रास्वपामा

एमालेकी निवर्तमान सांसद सम्झना थपलिया रास्वपामा

काठमाडौँ। नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ । सिरहाको गोलबजारमा आयोजित...

कांग्रेस महामन्त्री पौडेलले सार्वजनिक गरे काठमाडौँ ५ का लागि १४ बुँदे प्रतिज्ञा पत्र

कांग्रेस महामन्त्री पौडेलले सार्वजनिक गरे काठमाडौँ ५ का लागि १४ बुँदे प्रतिज्ञा पत्र

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी क्षेत्रका लागि...