मुख्य समाचार

परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताउनुभएको छ।

बिहीवार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो। उहाँले चुनाव कुनै पनि दलको योजनाअनुसार नभइ वर्तमान परिस्थितिको बाध्यता भएको स्पष्ट पार्नुभयो।

उहाँले संविधानलाई लयमा फर्काउन निर्वाचन अपरिहार्य रहेको दोहोर्‍याउँदै परिणामको चिन्ता नगरी चुनावलाई सफल बनाउन पार्टी लागि परेको पनि बताउनुभयो।

उहाँले केही तत्वले निर्वाचनका विषयमा विभिन्न संशय सिर्जना गर्न खोजेको आरोप पनि लगाउनुभयो।

निर्वाचनका बारेमा सिर्जना गरिएका सबै भ्रमहरू चिर्दै तोकिएकै समयमा मतदान सम्पन्न गराउन सरकारलाई पूर्ण साथ दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

उहाँले फागुन २१ को निर्वाचनलाई भदौ २३ र २४ का घटनासँग जोड्दै ती घटनाकै परिणामस्वरूप वर्तमान अवस्था सिर्जना भएको दावी गर्नुभयो।

सम्बन्धित समाचार

दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा

दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम बिहीबार सम्पन्न खेलमा दक्षिण...

६ महिनामा सात प्रतिशतले बढ्यो वायुसेवा निगमको आम्दानी

६ महिनामा सात प्रतिशतले बढ्यो वायुसेवा निगमको आम्दानी

काठमाडौँ। नेपाल वायुसेवा निगमको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार देखिएको छ। चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको आम्दानी र यात्रु सङ्ख्या...

बढ्यो नेप्से

बढ्यो नेप्से

काठमाडौं । बिहीबार सेयर बजार ६.०३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २६५४.९३ अंकमा कायम...

रुख घरमाथि ढल्दा च्यापिएर महिलाको मृत्यु

रुख घरमाथि ढल्दा च्यापिएर महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।...