डलरमा भएको खर्च पनि निर्वाचन खर्चको सीमाभित्रै गणना हुने
काठमाडौँ। निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारहरूले विदेशी मुद्रा ९डलर० मा गरेको खर्चलाई पनि निर्वाचन आयोगले नजिकबाट ट्रयाक गरिरहेको बताएको छ ।
शुक्रवार आयोगमा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता भट्टराईले नेपाली रुपैयाँमा होस् वा डलरमा, उम्मेदवारले गरेको सम्पूर्ण खर्च निर्वाचन खर्चको तोकिएको सीमाभित्रै गणना हुने बताउनुभएको हो।
यसका साथै, डलर खर्चको सन्दर्भमा वैदेशिक सटही सुविधासम्बन्धी प्रचलित कानूनहरू पनि आकर्षित हुने र सोहीअनुसार कारबाही अगाडि बढ्नसक्ने आयोगले जनाएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘डलर खर्च गर्ने उम्मेदवारको लिस्ट निर्वाचन आयोगसँग छ कि छैन भन्नुभएको छ । निर्वाचन आयोगले त्यसको ट्रयाकिङ गरिराखेको छ । त्यसकारणले गर्दाखेरि त्यो उहाँहरूले गरेको चाहे नेपाली पैसामा खर्च गर्नुहोस् चाहे डलरमा खर्च गर्नुहोस् उहाँहरूको निर्वाचन खर्चको सीमाभित्र त्यो काउन्ट हुन्छ । यद्यपि डलरको सन्दर्भमा वैदेशिक सटही सुविधा सम्बन्धी कानूनहरूले पनि त्यो विषयलाई निर्देशित गर्छन् । त्यसकारणले ती तत्तद् प्रचलित कानूनहरू आकर्षित हुने विषयमा हुने नै छन् । निर्वाचन कानुनका हिसावले हेर्दाखेरि यो विषय चाहे डलरमा खर्च गर्नुहोस् चाहे यो नेपाली रुपैयाँमा खर्च भएको होस् त्यो निर्वाचन खर्चको सीमाभित्र यो विषयहरू काउन्ट हुन्छन् र त्यसलाई निर्वाचन आयोगले ट्र्याक गरिराखेको छ ।’
निर्वाचनको समयमा लामो दूरीका सवारी साधनहरूको आवागमनलाई सहज बनाएको आयोगले जनाएको छ । आयोगले अघिल्लो दिन छुटेका सवारी साधनहरू भोलिपल्ट गन्तव्यमा पुग्दा कुनै अप्ठ्यारो नपर्ने गरी सहजीकरण गरिएको बताएको छ । उहाँले भन्नुभयो, ‘ लामो दूरीका सवारी साधनहरू कतै अप्ठ्यारोमा त पर्दैनन् अघिल्लो दिन छुटेका साधनहरू भोलिपल्ट पुग्दाखेरि भन्नुभएको छ । त्यो बिल्कुल पर्दैनन् । हामीले निर्वाचन आयोगको आँखाबाट हेर्दाखेरि नेपाल सरकारलाई सिफारिस सहजीकरण गरिराखेका छौँ र उहाँहरूलाई अप्ठ्यारो नपरोस् भन्ने कुरामा हामी सचेत छौँ । तर यति भन्दै गर्दा सवारी साधनहरूले पनि यो निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गरेर छुट्ने समय र पुग्ने समयको बीचमा धेरै त्यो मिस म्याच नहुने गरी तोकिएको समयमा छुट्ने र तोकिएको समयमा पुग्ने गरी आवश्यक यसलाई यसको प्राथमिकतालाई ध्यानमा राख्नुहुन्छ भन्ने कुरामा हामी विश्वास गर्छौँ । त्यसका बाबजुद पनि व्यावहारिक रूपमा आउने अप्ठ्याराहरूलाई सम्बन्धित सुरक्षा निकायको तर्फबाट आवश्यक सहजीकरण हुनेछ र निर्वाचन आयोगले समेत त्यो विषयमा सहजकर्ताको भुमिका निर्वाह गर्नेछ ।’
यातायात व्यवसायीहरूलाई निर्वाचनको संवेदनशीलता बुझेर समय व्यवस्थापन गर्न आग्रह गरिएको प्रवक्ता भट्टराईले बताउनु भयो ।—न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित
काठमाडौँ। काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डीपी अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।...
कास्की-२ मा रास्वपाका पौडेल विजयी
गण्डकी। प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार...
काठमाडौँ-५ मा रास्वपाका पोखरेल विजयी
काठमाडौँ। काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी/रास्वपाका उम्मेदवार सस्मित पोखरेल निर्वाचित भएका छन् । बिहीबार...
गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी...




