मुख्य समाचार

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस : ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् भन्ने कामना गर्नुभएको छ । मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका कारणले आफू निदाउन पनि नसकेको उल्लेख गर्नुभएको छ।

मध्यपूर्वमा भएका लाखौं नेपालीहरु आपत र कोलाहलमा भएकोले उनीहरुका परिवार पलपल छट्पटाएर बस्नु परेको अध्यक्ष ओलीको भनाइ छ । ‘मध्यपूर्वी देशहरु माथीको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृष्यले आज निद्रा परेको छैन । ती देशमा लाखौं नेपाली आपत र कोलाहलमा छन्’ अध्यक्ष ओलीले लेख्नु भएको छ ‘तिनका परिवारले यहाँ पलपल छट्पटाएर बस्नु परेको छ ।’

अवसर छनौटकाल लागि खुला विश्वमा आज संसारका नागरिक संसारैभरी आउनु जानु स्वभाविक भएको अध्यक्ष ओलीको भनाइ छ ।

‘अस्वाभाविक र खतरनाक त कुरा युद्ध र भूराजनीतिक चपेटा हो’ अध्यक्ष ओलीले लेख्नुभएको छ ‘ती देशहरु पनि पक्कै युद्ध चाहदैन थिए । तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने ।’ अध्यक्ष ओलीले नेपालमा अहिलेसम्म सौभाग्यवश मिसाइलको धुँवा भोग्नु नपरेको उल्लेख गर्नुभएको छ । अध्यक्ष ओलीको प्रार्थना छ ‘कुनै पनि आवरणमा त्यो आउन नसकोस् । आज तपाईंहरुलाई छटपटी भइरहँदा म निदाउन सकिन । बेचैन छु।’

अध्यक्ष ओलीले सबैलाई सजगता र धैर्यता लिन आह्वान गर्नुभएको छ । ‘यसबेला हाम्रो सजगता चाहिन्छ,धैर्य चाहिन्छ ।विवेक,धैर्य र साहस –कामना गर्छ’ अध्यक्ष ओलीले लेख्नुभएको छ ।

सम्बन्धित समाचार

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...

सेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली

काठमाडौँ। शेयर बजार परिसूचक (नेप्से)मा मंगलबार हरियाली छाएको छ । नेप्से ३८.५२ अंकले वृद्धि हुँदै २ हजार ७१२.४९ बिन्दुमा...

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...