मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले नेपालको राष्ट्रिय स्वाभिमानलाई विश्वस्तरमा माथि उठाएको बताउनुभएको छ । उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा जारी गर्नुलाई ऐतिहासिक उपलब्धि भएको बताउनुभयो।
उहाँले पहिले आफ्नो भूमि दाबी गर्ने आधार समेत नभएकोमा अहिले नक्शामा राखेर बलियो दाबी प्रश्तुत गरिएको बताउनु भयो । यसका साथै उहाँले उत्तरतर्फ चीनसँगका नाकाहरू खोलेर समुन्द्रसम्मको पहुँच सुनिश्चित गरेको र नेपाल अब ‘ल्यान्ड–लक्ड’ बाट ‘ल्यान्ड–लिङ्क्ड’ देश बनेको बताउनु भयो । विश्वसँग जोडिने र समुन्द्रसम्म पुग्ने बाटो चीनतिरबाट पनि खुलेको उहाँको भनाइ छ ।
ओलीले राष्ट्रियताको सवालमा एमालेले कहिल्यै सम्झौता नगर्ने र देशको एक इन्च भूमि पनि नछोड्ने प्रतिवद्धता दोहो¥याउनु भयो । उहाँले अन्तर्राष्ट्रिय जगत्मा नेपालको आवाज सुनिने गरी आफूले काम गरेको र देशको स्वाभिमान बढेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो भूमि अरूको नक्शामा हुने अवस्था थियो, हामीले वार्ता गर्ने ठाउँ पनि थिएन । हाम्रो भूमि अरुको नक्शामा हुने, हाम्रो नक्शामा नहुने अवस्था थियो । हामीले मिचिएको भूमि फिर्ता ल्याएर आफ्नो नक्सामा राख्यौँ । विश्वसँग जोडिने, समुन्द्रसँग जोडिने बाटो चीनतिरबाट पनि खुल्यो । नेकपा एमाले काम गर्ने पार्टी हो ।’
आफ्नो कार्यकालमा भएका भौतिक पूर्वाधारका कामहरूको चर्चा गर्दै अध्यक्ष ओलीले नेपाललाई आधुनिक युगमा प्रवेश गराएको दाबी गर्नुभयो । उहाँले मेची–महाकाली राजमार्ग चौडा गर्ने कार्य, हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गको शुरुवात आफ्नै पहलमा भएको बताउनु भयो । उहाँले दमकमा पहिले चापाकल मात्र भएको ठाउँमा अहिले घरघरमा खानेपानी पुगेको र सञ्चार क्षेत्रमा नेपाल विश्वको स्तरमा पुगेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हजारौँ पुलको निर्माण, खानेपानीका ट्याङ्कीहरू, र बिजुलीको विस्तारमा हामीले असाधारण काम गरेका छौँ । आज नेपाल संसारमा सञ्चार क्षेत्रमा जहाँ पुग्या छ, त्यही ठाउँमा नेपाल पनि पुग्या छ । संसारका मान्छेले जे प्रयोग गरिरहेका छन् इन्फर्मेसन टेक्नोलोजी, सूचना सम्बन्धी प्रविधिको क्षेत्रमा, हामीले त्यही प्रयोग गरिरहेका छौँ ।’
सुरुङ मार्ग, रेल मार्ग र भूकम्पपछिको पुनःनिर्माणमा साढे ८ लाख घर बनाएको तथ्य प्रश्तुत गर्दै उहाँले एमाले काम गर्ने पार्टी भएको र यसले देशको मुहार फेरेको दाबी गर्नुभयो । उहाँले एकैपटक ३९६ पालिकामा आधारभुत अस्पतालको शिलान्यास गरेको स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा पनि ठूलो फड्को मारेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
निकोलस भुसालको समर्थन रास्वपा उम्मेदवारलाई
-
२.
ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर
-
३.
पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन
-
४.
मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली
-
५.
इच्छाविपरीत रङ नदल्न प्रधानमन्त्रीको आग्रह, छिट्टै जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने उद्घोष
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर
काठमाडौँ। निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रबन्ध मिलाएको बताएको छ। आयोगले...
सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर घाइते
सिरहा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको...
कालिमाटीमा कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
होलीले सांस्कृतिक विविधताका साथै राष्ट्रिय एकताको सन्देश पनि दिन्छ : गगन थापा
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा मनाइने फागुपूर्णिमा ९होली० ले हाम्रो समाजको जातीय, भाषिक र सांस्कृतिक...




