उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन आयोगको अनुरोध
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अनुरोध गरेको छ। आयोगले निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर यो मानव अधिकारको सवाल भएकाले उत्साहपूर्ण रूपमा सहभागी हुन र आफ्नो मताधिकारको उपभोग गर्न आयोग सम्पूर्ण मतदाताहरूलाई अनुरोध गरेको हो ।
साथै, मौन अवधि सुरु भइसकेको सन्दर्भमा निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आगामी फागुन २१ गते हुने निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित, विश्वसनीय र मानव अधिकारमैत्री हुनेछ भन्ने आयोगले अपेक्षा र विश्वास लिएको छ ।’
आयोगले निर्वाचनको अवधिमा स्वास्थ्य सेवा, एम्बुलेन्स, शववाहन, सञ्चार, पानी, दूध, इन्धन आपूर्ति, असक्त मतदाताहरूका लागि सवारीसाधन तथा हवाई उडानजस्ता अत्यावश्यक सेवाहरूलाई सुचारुरूपले सञ्चालन गर्न गराउनसमेत आयोग सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउनु सरकारको दायित्व हो भने यस कार्यलाई सघाउनु राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी तथा आमनागरिकको कर्तव्य हो’, आयोगले भनेको छ, ‘निर्वाचन अवधिमा देशको शान्ति सुरक्षामा आवश्यक सतर्कता अपनाई निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र मानव अधिकारमैत्री बनाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ ।’
आयोगले राजनीतिक दल तथा अन्य कसैले पनि मौन अवधिमा कुनै पनि अवाञ्छित गतिविधि नगर्न र सम्भावित अवाञ्छित क्रियाकलापलाई रोक्न आयोग नेपाल सरकार र निर्वाचन आयोगलाई आग्रह गरेको छ। यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनको दिनको अनुगमनका लागि आयोगले देशैभर अनुगमन टोली खटाएको जनाएको छ । आयोगले काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका अन्य केही जिल्लाहरूमा निर्वाचन अनुगमनका लागि आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारी सम्मिलित उच्चस्तरीय अनुगमन टोलीसमेत बनाएको छ ।
यसअघि, आयोगले विभिन्न जिल्लाहरूमा निर्वाचनपूर्वको अनुगमन गरी प्राप्त तथ्यको आधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई ध्यानाकर्षण गराइसकेको छ ।
ताजा अपडेट
-
१.
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
-
२.
उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह
-
३.
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
-
४.
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
-
५.
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
ट्रेन्डिङ
सम्बन्धित समाचार
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
निर्वाचनविरोधी गतिविधिमा संलग्न १७६ पक्राउ
काठमाडौं। देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका...
सर्लाहीमा खटिएका मतदान अधिकृतको मृत्यु
काठमाडौं। प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका एक मतदान अधिकृतको मृत्यु भएको छ । सर्लाहीको पर्सा...
निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा
काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ । उम्मेदवार र मतदातालाई सहज...




