मुख्य समाचार

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

काठमाडौँ। जनकपुरसहित मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदैछ । त्रेतायुगमा भगवान राम र माता सीताको क्रिडास्थल मानिने पवित्र मिथिला नगरी आज रङ र अबिरको सागरमा डुबेको छ । बिहानैदेखि युवा, वृद्ध र बालबालिकाहरू टोलटोलमा निस्किएर एकअर्कालाई रङ दल्दै शुभकामना साटासाट गरिरहेका छन् । मिथिलामा होलीको आफ्नै विशिष्ट महत्व छ । १५ दिने मिथिला मध्यमा परिक्रमा हिजो जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको थियो।

परिक्रमाका यात्रीहरूले विश्राम गरेपछि आज विधिवत रूपमा होली मनाइएको हो । जानकी मन्दिर, राम मन्दिर र विदेह नगरपालिकाका विभिन्न स्थानमा विशेष पूजाआजा समेत गरिएको छ । होलीको अवसरमा जनकपुरधामका सडकहरूमा विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिएका छन् । परम्परागत ढोल, झ्याली र मृदङ्गको तालमा झुम्दै मानिसहरूले मिथिलाको लोकगीत ‘होरी’ गाउँदै रमाइलो गरेका छन् । सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले विशेष शतर्कता अपनाएको छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...

निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’

निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आम...

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...

मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग

मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले मतदानको दिन देशभरको मौसम सफा रहने बताएको छ । न्युज एजेन्सी नेपालसँग कुरा...