लायन्स क्लबले बाँड्यो सेती भुमे मावि रसुवामा न्यानो कपडा र शैक्षिक सामाग्री
कालिका १, रसुवा। सेती भूमे माध्यमिक विद्यालय, कालिका १, रसुवामा अध्यनरत विद्यार्थीलाई लायन्स क्लब अफ काठमाडौं लाफिङ बुद्धले शैक्षिक सामग्री र न्यानो कपडा वितरण कार्यक्रम भव्य गरेको छ।
विद्यालयकामा एक कार्यक्रमका बीच लायन्सले सामग्री वितरण गरेको हो। विद्याmयका सहायक प्रधानान्यापक प्रतीक तामाङको अतिथिथ्यताका साथै स्वागत मन्तव्यमा कार्यक्रम भएको थियो।
कार्यक्रमका अतिथि सामाजिक व्यक्तित्व रामप्रसाद रिजालले शिक्षा क्षेत्रमा यसप्रकारका सहयोगले विद्यार्थीको जीवनमा ठुलो प्रभाव पर्ने र यो प्रयास प्रशंसनीय रहेको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक एवंम कार्यक्रमका प्रमुख अतिथि शिला मगरले संस्थाले दिएको सहयोगलाई विद्यालय र विद्यार्थीका लागि ठूलो राहतको रूपमा व्याख्या गर्दै धन्यवाद ज्ञापन गर्नुभयो।
उहाँले विद्यार्थीहरूको अध्ययन तथा दैनिक जीवनमा यो सहयोगले सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
लायन्स क्लब अफ काठमाडौं लाफिङ बुद्धको अध्यक्ष जानुका आचार्य देवकोटाले आफ्नो संस्थाले यस्ता विविध सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि थप उत्कृष्ट कार्यहरू गर्दै जाने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रम बिद्यार्थी शिक्षक शिक्षिका सहित उल्लेख्यको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




