बुधबार, माघ २३, २०८१
English
Follow us:

लायन्स क्लबले बाँड्यो सेती भुमे मावि रसुवामा न्यानो कपडा र शैक्षिक सामाग्री

लायन्स क्लबले बाँड्यो सेती भुमे मावि रसुवामा न्यानो कपडा र शैक्षिक सामाग्री

  • खबर सेवा

  • शुक्रबार, पुस २६, २०८१

  • 147
    SHARES
लायन्स क्लबले बाँड्यो सेती भुमे मावि रसुवामा न्यानो कपडा र शैक्षिक सामाग्री

कालिका १, रसुवा। सेती भूमे माध्यमिक विद्यालय, कालिका १, रसुवामा अध्यनरत विद्यार्थीलाई लायन्स क्लब अफ काठमाडौं लाफिङ बुद्धले शैक्षिक सामग्री र न्यानो कपडा वितरण कार्यक्रम भव्य गरेको छ।

विद्यालयकामा एक कार्यक्रमका बीच लायन्सले सामग्री वितरण गरेको हो। विद्याmयका सहायक प्रधानान्यापक प्रतीक तामाङको अतिथिथ्यताका साथै स्वागत मन्तव्यमा कार्यक्रम भएको थियो।

कार्यक्रमका अतिथि सामाजिक व्यक्तित्व रामप्रसाद रिजालले शिक्षा क्षेत्रमा यसप्रकारका सहयोगले विद्यार्थीको जीवनमा ठुलो प्रभाव पर्ने र यो प्रयास प्रशंसनीय रहेको बताउनुभयो।

विद्यालयका प्रधानाध्यापक एवंम कार्यक्रमका प्रमुख अतिथि शिला मगरले संस्थाले दिएको सहयोगलाई विद्यालय र विद्यार्थीका लागि ठूलो राहतको रूपमा व्याख्या गर्दै धन्यवाद ज्ञापन गर्नुभयो।

उहाँले विद्यार्थीहरूको अध्ययन तथा दैनिक जीवनमा यो सहयोगले सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
लायन्स क्लब अफ काठमाडौं लाफिङ बुद्धको अध्यक्ष जानुका आचार्य देवकोटाले आफ्नो संस्थाले यस्ता विविध सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि थप उत्कृष्ट कार्यहरू गर्दै जाने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रम बिद्यार्थी शिक्षक शिक्षिका सहित उल्लेख्यको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology