प्रदेश

अख्तियारलाई जबाफ फर्काएको पत्र सार्वजनिक गर्दै हर्क साम्पाङले भने : नानाथरी सोधि नरहनु

काठमाडौँ। धरान उपमहानगरपालिकाका प्रमुख हर्क सापाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफ फर्काएका छन्। शुक्रबार प्रमुख सापाङले अख्तियारलाई पत्र लेख्दै जवाफ फर्काएका हुन्।

यसअघि अख्तियारले प्रमुख सापाङलाई श्रम संस्कृति पार्कबारेमा पत्र पठाएको थियो । त्यसको जवाफ उनले ऐन विपरीत कुनै किसिमको योजना नगरिएको जानकारी गराएका छन् । फोहोरै फोहोर रहेको श्रम संस्कृति पार्कलाई बगैँचाको रूपमा परिणत गरिएको उनको भनाइ छ।

उनले भनेका छन्, ‘यो पार्क कुनै बजेटको योजना नभएर जनताको श्रम प्रतिको सम्मान र धमदान अनि योगदानको इतिहास हो । बजेटको काम नभएकोले सार्वजनिक खरिद गर्न नपरेको जानकारी गराउँदछु १ जे गर्दैछन् जनताले आफ्नै खर्चले गर्दैछन् । सरकारी पैसा प्रयोग भएको छैन । दाताले खाना खानु भनेर दिएको पैसाको खाना खाको कुरा सरकारले खोज्नु हुन्न । नेताहरूले विदेश भ्रमणमा कति खाए कार्यकर्ताले सभा सम्मेलनमा कति खाए राज्यको कोष कसरी दुरुपयोग भयो र हुँदैछ त्यसतर्फ ध्यान दिनु उचित हुन्छ ।’

प्रमुख सापाङले धरानमा पानीको दुःख नहोस् भनेर निर्वाचित भएदेखि खोला–खोली जोडेर धरानेलाई पानी खुवाएको उल्लेख गरेका छन् । उनले त्यो देखिनसहेर उजुरी हालेको बताए । उनले सामाजिक सन्जालमा जबाफी पत्र सेयर गर्दै नानाथरी दुःख नदिनु भनेका छन्। उनले कानुनी हिसावले नै बनाएको जिकिर गरेका छन्।

 

सम्बन्धित समाचार

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...