प्रमुख खवर

निर्वाचन कुनै हालतमा सर्दैन  : प्रचण्ड

काठमाडाैं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापीरुपमा स्थानीय तहको निर्वाचनको प्रक्रियामा सबै राजनीतिक दल जनताकोबीचमा गइरहेका बेला निर्वाचन सर्छ भनेर गरिएको प्रचार सत्य नरहेको बताएका छन् ।

“केही मानिसले त निर्वाचन हुने दिनको बिहानसम्म पनि निर्वाचन सर्दैछ रे नी हो रु भनेर जिज्ञासा राख्ने गरेको पाइन्छ । यो नेपालमा एक खालको प्रवृत्ति पनि देखिएको छ”, अध्यक्ष प्रचण्डले भने , “गठबन्धनका आबद्ध दलका तर्फबाट यस्तो विषयमा कहीँकतै पनि चर्चा भएको छैन । यही वैशाख ३० गते नै निर्वाचन हुन्छ, गरिन्छ ।”

नेकपा माओवादी केन्द्रद्वारा पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेत्रविक्रम चन्द समूहलाई निर्वाचनमा सहभागी गराउने भन्दै निर्वाचन सार्न लागिएको छ रे नी भन्ने प्रश्नको जिज्ञासामा उनले भने “विप्लब समूहलाई निर्वाचनमा कसरी सहभागी गराउने भन्नेबारेमा गठबन्धन दलका बीचमा साझा मत छ । उहाँहरु पनि निर्वाचनमा सहभागी हुन्छौँ भनेर आएका छन् । त्यसको सम्मान गर्नुपर्छ । तर निर्वाचन भने सर्दैन ।”

अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको रक्षाका लागि गठन भएको आफूहरुको गठबन्धनलाई नै जनताले पुनःसाथ दिने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...