प्रमुख खवर

केक्यानको ‘फेलोसिप एन्ड मेमरसीप सर्टिफिकेट वितरण’ कार्यक्रम १७ जनवरीमा भव्यताका साथ हुँदै

काठमाडौँ। कोरियन एजुकेसनल कन्सल्टेन्सी एसोसियसन अफ नेपाल (केक्यान)ले फेलोसिप र मेमरसीप सर्टिफिकेट वितरण कार्यक्रम आउँदो जनवरी १७ (आगामी माघ ४, शुक्रबार) भव्यताका साथ सम्पन्न हुनेभएको छ।

संस्थाका सदस्यलाई सदस्यता र फेलोसिप वितरण गर्नका लागि सोही दिनलाई कार्यक्रम राखिएको हो। केक्यानका कार्यकारी सदस्य दोणबिक्रम थापाका अनुसार धुमबाराहीस्थित स्मार्ट महलमा सोही दिन २ : ३० देखि ५ बजेसम्म कार्यक्रम हुनेछ।

राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सेनाको प्रमुख आथित्यतामा हुने कार्यक्रममा पूर्वडीएसपी एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित व्यक्ति एवं सरोकार केन्द्रका अध्यक्ष गोविन्द पन्थीको विशेष अतिथ्य, लामो समयदेखि सामाजिक क्षेत्रमा कार्यरत एवं दक्षिण कोरियाको खांसो र किम्पो युनिभर्सिटीमा ग्लोबल बिजनेस म्यानेजमेन्टको सहप्राध्यापक सञ्जु पौडेल र कोरियामा समस्यामा परेका कामदारलाई काम खोज्न सहजीकरण गर्ने एवं लामो समयदेखि कोरियामा रहेर सामाजिक काम गर्दै रहनुभएका अङ्कुर नेपालका निबर्तमान अध्यक्ष प्रकाश सुवेदी पनि अतिथिका रूपमा उपस्थिति रहनु हुनेछ।

कार्यक्रमको मेमरसिप वितरण समारोहको संयोजकमा नरेशप्रसाद सेडाई, उपसंयोजकमा रमेश पाठक, समिति सचिवमा द्रोणविक्रम थापा रहेका छन् भने सदस्यहरूमा वद्रीप्रसाद ढकाल र सदस्य वीरेन्द्र भण्डारी छन्।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...