मुख्य समाचार

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका अजय गुप्तालाई उनले १८ हजार २५३ मतान्तरले पराजित गरेका हुन् ।

चौधरीले २८ हजार ९४६ मत ल्याउँदा एमालेका गुप्ताले १० हजार ६९३ मत ल्याए । त्यस्तै कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८ हजार ५७४ मत ल्याए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने तारा चुनाव चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै ७ हजार ६६९ मत प्राप्त गरी चौथो स्थानमा सीमित भए ।

त्यस्तै जनता समाजवादी पार्टी ९जसपा०का उम्मेदवारले छाता चिन्हबाट ६ हजार ८४६ मत प्राप्त गरेका छन्।

सम्बन्धित समाचार

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...

डोटीमा कांग्रेसका भरतबहादुर खड्का

डोटीमा कांग्रेसका भरतबहादुर खड्का

डोटी। डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको मतपरिणाम...

फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि

फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि

काठमाडौँ। गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमाले का गोकर्ण विष्ट फेरि पछि परेका छन्। निर्वाचनको पछिल्लो...