मुख्य समाचार

रविको मुद्दामा आज पनि बहस हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आज (बुधबार) पनि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ । यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

सोमबार अदालतमा जाहेरवाला र सरकारी वकिलको बहस सकिएको थियो । समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने बहस हुन पाएन । मंगलबार सार्वजनिक बिदा भएकाले बहस हुन सकेन । यसर्थ सोमबारको बहसलाई आज निरन्तरता दिन लागिएको हो ।

प्रतिवादी तर्फका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । सोमबार पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई न्यायिक हिरासतमा फर्काइएको थियो ।

सम्बन्धित समाचार

महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा

महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौँ। नेकपा एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ। आज दर्ता भएको बस्नेत विरुद्धको मुद्दामा आगामी...

पोखरीमा मृत भेटिएको शवको भएन सनाखत

पोखरीमा मृत भेटिएको शवको भएन सनाखत

सिरहा। औरही गाउँपालिका-५ स्थित पोखरीमा महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । बुधबार...

कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला

कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित भएको बताउनुभएको छ। बुधवार सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँगको...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अंकले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम...