मुख्य समाचार

सरकार स्वेच्छादारी बन्यो : विपक्षी मोर्चा

काठमाडौँ। संसद्का ६ वटा विपक्षी दलले सरकार स्वेच्छाचारी बन्दै गएको निष्कर्ष निकालेका छन्। बुधबार बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा नेताहरुले सरकारले संसद् अधिवेशन छलेर अध्यादेश ल्याएकोप्रति विरोध जनाएका हुन्।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल र उपाध्यक्ष वेदुराम भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक अध्यक्ष डीपी अर्याल, नेपाल समाजवादी पार्टीबाट अध्यक्ष महीन्द्र यादव तथा आम जनता पार्टीबाट अध्यक्ष प्रभु साहलगायत सहभागी थिए।

बैठकपछि माओवादी नेता वर्षमान पुनले सरकार स्वेच्छारी बन्दै गएको निष्कर्ष बैठकले निकालेको जानकारी दिए। ‘सरकारले संसद्लाई छल्न खोजेको छ। हिँउँदे अधिवेशन नबोलाएर अध्यादेश ल्याउने काम सरकारले गरको छ,’ पुनले भने, ‘यो सरकारको स्वेच्छाचारी प्रवृत्ति हो।’

उनले जनताका साझा सरोकारका विषयमा छलफल गर्न र कानुन निर्माणको लागि तुरुन्तै हिउँदै अधिवेशन बोलाउनुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिए।

‘सरकारले संसद्लाई छलेर चारवटा अध्यादेश जारी गरेको छ। अर्को अध्यादेश पनि ल्याउने तयारी गरिरहेको छ,’ उनले भने, ‘यो सरकारको स्वेच्छाचारी प्रवृत्ति हो। यस्तो प्रवृत्तिलाई छाडेर सरकारले नियमित हिउँदै अधिवेशन बोलाउनु पर्छ। कानुन निर्माण, जनताका समस्याका विषय त्यहाँ छलफल हुन्छन्।’

सम्बन्धित समाचार

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...