निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ
काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चैत्रको पहिलो साताभित्र समानुपातिकतर्फ निर्वाचित हुनेहरूलाई प्रमाणपत्र दिने लगायतका सम्पूर्ण कामहरू सम्पन्न भइसक्ने जानकारी दिनुभएको छ।
उहाँले मंगलबारसम्म समानुपातिकतर्फको सबैतिर गणना भइसक्ने अनुमान आयोगले गरेको बताउनुभयो। प्रवक्ता भट्टराईले मतगणना सम्पन्न भइसकेपछि खसेको सदर मतको प्रतिशतका आधारमा सम्बन्धित दलले प्राप्त गरेको मतको प्रतिशतका आधारमा समानुपातिक बन्द सूचीबाट छनोट हुने उम्मेदवारको नामावली सम्बन्धित दलहरूसँग माग गरिने जानकारी दिनुभयो।
त्यसपछि दलहरूबाट प्राप्त भएका नामलाई क्लस्टरअनुसार रुजु गर्दै निर्वाचित हुने सदस्यहरूको छनोट गर्ने र आयोगमा प्रमाणपत्र दिइने उहाँले बताउनुभयो।
ताजा अपडेट
-
१.
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
-
२.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
३.
जापानबाट फर्किएका युवकबाट गौरादहका मेयर सुवेदी घरमै कुटिए
-
४.
निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ
-
५.
४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते
ट्रेन्डिङ
सम्बन्धित समाचार
लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से...
घट्यो सुनचाँदीकै मूल्य
काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा तीन हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी...
आज पानी पर्ने सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून...
झापाका ३ ठाउँमा आगलागी
काठमाडौं। झापाका विभिन्न स्थानमा आइतबार भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा करिब ६ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल जलेर...




