रहेनन् नेपालको पहिलो जासुसी उपन्यासकार
काठमाडौँ। लेखक तथा पत्रकार श्रीधर खनाल ‘दीर्घबाहु’को निधन भएको छ। बिहीबार २:४५ बजे ९४ वर्षको उमेरमा खनालको निधन भएको हो। उनको २०२२ सालमामा ‘शब्दभेदी लडाइँ’ उपन्यास प्रकाशित भएको थियो।
उनका ‘मुर्कट्टा लास’, ‘छ औंले मान्छे’, ‘पानको गुलाम’, ‘डाक्टर डेमन’ तथा ‘मेजरको सर्प’, ‘बिखालु इच्छापत्र’, ‘बाह्र बजेको घण्टी’, ‘भेनसका हिप्पीहरु’ र ‘नाङ्एिकी सुन्दरी’लगायत जासुसी उपन्यास निकै लोकप्रिय थिए। त्यसबाहेक ‘हङकङको व्यापारी’, ‘हेलम्बुकी अप्सरा’ र ‘गुलाफी पिन’, ‘बज्रजोगिनीको खजाना’ पनि प्रकाशित भएका थिए।
नेपालको पहिलो जासुसी उपन्यास लेखक खनाल नेपाल आँखा अस्पतालका आजीवन संस्थापक सदस्य हुन्। साथै, उनी दुई कार्यकाल त्रिभुवन विश्वविद्यालयको प्राज्ञसभा सदस्यसमेत रहेका थिए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत
काठमाडौं नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...
पीएम कप : गण्डकीमाथि बागमती विजयी
काठमाडौं। बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर...
आमाको नामबाट तीन हजारले लिए नागरिकता
काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...




