मुख्य समाचार

भाषा आयोगका सदस्य मानन्धरको निधन

काठमाडौँ।  भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको निधन भएको छ।

मनमोहन कार्डियाक सेन्टर, महाराजगञ्जमा उपचारका क्रममा मंगलबार उहाँको निधन भएको हो। ५९ वर्षीय उहाँलाई सोमबार हृदयाघात भएको थियो।

बुधबार बिहान ९ बजेदेखि दिउँसो मध्याह्न १२ बजेसम्म नेपालभाषा मंका खलमा श्रद्धाञ्जलिको कार्यक्रम हुने नेपालभाषा एकेडेमीले जनाएको छ।

उहाँको अन्त्येष्टि लुँति घाट (खुसिबु)मा हुने पत्रकार केके मानन्त्ररले जानकारी दिनुभयो।

स्व. सुरेशकिरण नेपालभाषा साहित्यका लोकप्रिय कवि पनि हुनुभयो।नेपाल भाषाको साप्ताहिक पत्रिका इनापबाट पत्रकारिता शुरु गरेका उहाँले सन्ध्या टाइम्स तथा नेपालभाषा टाइम्समा सम्पादकको जिम्मेवारीमा रहनुभयो।

यसैगरी अप्सरा फिल्म म्यागजिन, कोशल्वहं चिनाखँ स्वलापौ, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने थाय्भू पत्रिकाको सम्पादक मण्डलमा रहेर काम गर्नुभएको थियो।

सम्बन्धित समाचार

‘उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने’

‘उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने’

काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब बन्ने नयाँ सरकारले जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गरी...

न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन : महान्यायाधिवक्ता

न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन : महान्यायाधिवक्ता

काठमाडौँ। महान्यायाधिवक्ता सविता भण्डारीले न्याय सेवामा महिलाको उपस्थिति अब ‘समाचार’ नभइ ‘सामान्य वास्तविकता’ बन्नुपर्ने बताउनुभएको छ। सर्वोच्च अदालतद्वारा अन्तर्राष्ट्रिय...

विष्णु पौडेलले निर्वाचनमा कति गरे खर्च?

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ गते भएको निर्वाचनमा २८ लाख रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई...

औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने

औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र सुदृढीकरण गर्ने भएको छ।...