प्रत्यक्षमा निर्वाचित सांसद : खगेन्द्र सुनार एक्ला उम्मेदवार विजयी
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ दलित समुदायको एक व्यक्ति मात्रै निर्वाचित हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट बाँके क्षेत्र नम्बर ३ मा खगेन्द्र सुनार २९ हजार ५५१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँ नै दलित समुदायबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद हुनुहुन्छ ।
दलित अभियन्ता एवं रास्वपाका केन्द्रीय सदस्य सुनारले निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले० का सुमन मल्ललाई नौ हजार ९३६ मतले पराजित गर्नुभएको थियो । मल्लले १९ हजार ६१५ मत ल्याउनुभएको थियो।
चुनावी मैदानमा २३२ जना अर्थात् ६.९० प्रतिशत दलित थिए । समता फाउन्डेसनको तथ्याङ्क अनुसार २३२ मा करिब ११२ जना दलित स्वतन्त्र उम्मेदवार थिए । अधिकांश स्वतन्त्र उम्मेदवारले एक सय भोट पनि कटाउन नसकेको फाउन्डेसनले जनाएको छ । मधेश र सहरी क्षेत्रका दलितले धेरै सङ्ख्यामा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
रास्वपाले दुई वटा निर्वाचन क्षेत्रमा दलितलाई उम्मेदवार बनाएको थियो । इलाम १ का रास्वपाका उम्मेदवार विमल गदाल भन्ने निर्वाचित हुन सक्नु भएन । उहाँले नौ हजार १६० मत ल्याएर चौथो स्थानमा रहनुभयो । नेपाली कांग्रेसले बझाङ १ बाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई उम्मेदवार बनाएको थियो । तर स्नेहीले १६ हजार ३०४ मत ल्याएर दोस्रो स्थानमा रहनुभयो । स्नेही नेकपा ९एमाले० का ऐनबहादुर महरसँग दुई हजार २३९ मतले पछाडि पर्नुभयो ।
बर्दिया २ बाट एमालेकी उम्मेदवार बिमला विकले १० हजार ७७२ मत ल्याएर चौथो स्थानमा रहनुभयो । एमालेका अर्का उम्मेदवार डडेलधुरा १ का चक्रप्रसाद स्नेही दुई हजार ९२६ मत ल्याएर चौथो स्थानमा पराजित हुनुभयो । त्यस्तै नेपाली कम्युनिस्ट पार्टी कञ्चनपुर ३ का मानबहादुर सुनारले चार हजार २८४ मत र स्याङ्जा २ का उम्मेवार पदमबहादुर विकले ८४८ मत ल्याएर चौथो स्थानमा रहनुभयो ।
सुनसरी ३ मा श्रम संस्कृति पार्टीका रामप्रसाद सदाले एक हजार ७८० मत ल्याएर चौथो स्थानमा रहनुभयो । त्यस्तै मुगु १ रास्वपाका उम्मेदवार भुवन टमटा पनि ५३० मत ल्याएर चौथो स्थानमा रहनुभयो । कालीकोट १ का नेकपा ९माओवादी० का उम्मेदवार पूर्वमन्त्री खड्गबहादुर विश्वकर्माले पनि चार हजार ९९३ मत ल्याएर चौथो स्थानमा रहनुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार...
पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे
पर्वत। पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको सङ्क्रमण बढेको छ । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा...
राजविराजमा पोखरीका डुबेर एक युवकको मृत्यु
सप्तरी। सप्तरीको राजविराजमा पोखरीका डुबेर एक युवकको मृत्यु भएको छ। स्थानीय कल्टु दास पोखरीमा डुबेर राजविराज नगरपालिका–४ का २५...
दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते
नवलपुर। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा भारतीय नम्बर प्लेटको कन्टेनर दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका–२...




