बुधबार, माघ २३, २०८१
English
Follow us:

जीबी राईको राहदानी रद्द गर्न आदेश

जीबी राईको राहदानी रद्द गर्न आदेश

  • खबर सेवा

  • शुक्रबार, माघ ४, २०८१

  • 50
    SHARES
जीबी राईको राहदानी रद्द गर्न आदेश

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीमा फरार गीतेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उनको राहदानी रद्द गर्न आदेश दिएको हो ।

राहदानी रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । ‘सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अदालतमा मुद्दा विचाराधीन छ । मुद्दा प्रक्रियामा सहभागी नभइराखेको अवस्था छ । विदेशमा रहेको भन्ने जानकारीका आधारमा राहदानी रद्द गरी लिन सकिन्छ भन्ने उद्देश्यले अदालतले राहदानी रद्द गर्न अनुमति दिएको हो,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत जीबीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्न माग गर्दै अदालतमा निवेदन दिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology