बुधबार, माघ २३, २०८१
English
Follow us:

एकीकृत समाजवादी इलामको १० औँ अधिवेशन चैतमा

एकीकृत समाजवादी इलामको १० औँ अधिवेशन चैतमा

  • खबर सेवा

  • शुक्रबार, माघ ४, २०८१

  • 277
    SHARES
एकीकृत समाजवादी इलामको १० औँ अधिवेशन चैतमा

काठमाडौँ। नेकपा एकीकृत समाजवादीको इलाम अधिवेशन आउँदो चैतमा हुने भएको छ। आज सदरमुकामस्थित पार्टी कार्यालयमा बसेको बैठकले चैत १ र २ गते १० औँ जिल्ला अधिवेशन गर्ने जिल्ला कमिटी सदस्य अशोक मिश्रले खबरसेवालाई जानकारी दिए।

एकीकृत समाजवादी जिल्ला अधिवेशन आयोजक कमिटी इलामको प्रथम पूर्ण बैठक कमिटीका अध्यक्ष रणबहादुर राईको अध्यक्षता र पार्टीका सचिव बलदेव चौधरीको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको छ।

बैठकमा पार्टीका पोलिटब्युरो सदस्य एवं इलाम इन्चार्ज खिनु लङ्वा लिम्बु, पोलिटब्युरो सदस्य धर्मराज निरौला र केन्द्रीय सदस्य भक्त केसीले मन्तव्य राखेका थिए।पार्टी अधिवेशन आयोजक कमिटी सदस्य चित्रकला बराइलीले स्वागत मन्तव्य र सदस्य मानबहादुर गुरुङले कार्यक्रम सन्चालन गरेका थिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology