मुख्य समाचार

हेर्नुस् आजको राशिफल

मेष : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। लगानी र व्यवसायमा पर्याप्त लाभ मिल्नेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

वृष : पुनर्मिलनको योग रहेको छ। अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ। धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। सेयर बजारको क्षेत्र राम्रो देखिन्छ।

मिथुन : जालझेलबाट सावधान रहनुपर्नेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। हेलचेक्य्राइँले काममा उल्टो परिणाम दिन सक्छ। सचेत रहनुहोला। कर्मक्षेत्र पनि संघर्षशील रहनेछ तर धार्मिक कार्य र तीर्थाटनको योग पनि छ।

कर्कट : शुभकार्यको चर्चा चल्नेछ। छोटो दूरीको लाभदायक यात्रा रहला। धर्मकर्म, परोपकार र समाजसेवामा मन लाग्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ।

सिंह : नयाँ वस्त्रको प्राप्ति हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। कुटुम्बको सहयोग मिल्नेछ तर स्वास्थ्यप्रति सजग रहनु पर्छ।

कन्या : सफल यात्राको योग छ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गर्ने समय आएको छ।

तुला : लाभहानी, सुखदुख बराबरी खालको दिन छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला। अरुले आलोचना पनि गर्न सक्छन्। मध्य दिनबाट भने रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

वृश्चिक : कुनै कुराले मनमा शान्ति छाउनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। बौद्धिकताको विकास हुनेछ। शुभ समाचार सुन्न पाइएला। न्यायिक कार्यमा पनि सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

धनु : रमणीय र सुखद् यात्राको योग छ। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। कुनै कुराले मनमा शान्ति छाउला। लाभदायक यात्राको योग छ। शुभकार्यको चर्चा चल्नेछ। रोकिएका कामहरू पुनः सुरु हुन सक्छन्।

मकर : पुनर्मिलनको योग रहेको छ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ।

कुम्भ : अनावश्यक यात्रा हुनसक्छ। स्वास्थ्यमा गडबडी हुँदा दैनिक कामकाजमा असर पर्नसक्छ। प्रेमीरप्रेमिकाबीच खिन्नता बढ्नेछ। घर परिवारमा झैझमेलाको अवस्था पनि आउनसक्छ। साँझमा भने कतै भ्रमणको योजना बन्नेछ।

मीन : विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। सामाजिक र धार्मिक यात्राको योग पनि छ। अतिथिको रूपमा सत्कार पाइनेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुनसक्छन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

 

सम्बन्धित समाचार

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

काठमाडौँ।  साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...