मुख्य समाचार

बैतडीमा दुई महिला मृत फेला

बैतडी । बैतडीमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ। एक महिला भीरबाट लडेकी छन् भने अर्की महाकाली नदी किनारमा मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको सिगास गाउँपालिका–७ सल्याडीमा बस्ने बझाङको बित्थडचिर गाउँपालिका–९ स्थायी घर भएकी सरस्वती रावल बिहीबार बिहान करिब साढे १० बजेतिर घर नजिकैको भीरबाट लड्दा घटनास्थलमै मृत्यु भएकी हुन्। स्थानीय सुर्य बोहराले जानकारी दिनुभयो।

यसैबिच, झुलाघाटस्थित महाकाली नदी किनारमा दशरथचन्द नगरपालिका–८ माइतीघरकी करिब ३८ वर्षीया दीपा महरको शव बिहान करिब ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो।

प्रहरीका अनुसार महरका श्रीमान् रोजगारीका लागि भारतको दिल्लीमा बस्दै आएका छन्। महर यसै महिनाको २२ गते माइतीघर आएकी थिइन्। बुधबार श्रीमान् भारत जाने भन्दै घरबाट हिँडेकी उनी बिहीबार बिहान नदी किनारमा मृत फेला परेकी हुन्। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ। पोष्टमार्टम श्रीमान् आएपछि गरिने प्रहरीले जनाएको छ।

सर्वसाधारणका अनुसार बैतडीका ग्रामीण क्षेत्रमा भिरालो भू–गोलिक बनोटका कारण भीरबाट लडेर मृत्यु हुने घटना बारम्बार दोहोरिने गरेको छ।

सम्बन्धित समाचार

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...

वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो

वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो

सर्लाही। सर्लाहीको हरिवन नगरपालिका–६ र ७ अन्तर्गत चारलिकस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच दर्जनभन्दा...