भीम रावललाई साथ दिने भन्दै ५९ जनाले छाडे एमाले
काठमाडौँ। भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाललाई समर्थन गर्दै ५९ एमाले कार्यकर्ताले पार्टी छोड्ने घोषणा गरेका छन्। संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले रावलको साथमा रहने घोषणा गरेका हुन्। विज्ञप्तिमा एमाले छोड्नेमा केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावललगायत रहेका छन्।
एमालेले अनुशासन उल्लंघन गरेको भन्दै भीम रावललाई गत पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो। विज्ञप्तिमा उनीहरुले समाजवाद त टाढाको कुरा भयो, देशभक्ति र जनताप्रतिको प्रतिवद्धता समेत नष्ट गरिएको आरोप लगाएका छन्।
उनीहरूले कम्युनिष्ट र समाजवादका विरोधीहरुसँग घाँटी जोड्दै पार्टीलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन यात्रामा धकेल्ने केपी ओली गुटको नेतृत्वमा इमान्दार र देशभक्त सदस्यहरुले बसिरहनुको कुनै औचित्य नभएको उल्लेख गरेका छन्।
उनीहरुले भीम रावलको योगदानको अवमूल्यन गर्दै पार्टीको अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण र राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धीको पक्षमा तथा भ्रष्टाचारविरूद्ध आवाज उठाएकै कारण सदस्यता ओली समूहले खाएको उनीहरूको दाबी गरेका छन्।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...




