१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको अभाव रहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघको १२ औँ एकता महाधिवेशनमा उहाँले देश बनाउने संकल्प भएमा छोटो समयमै नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताउनुभएको हो । उहाँले नेपालीहरू बौद्धिक, आर्थिक, शारीरिक तथा मानसिक रूपमा देशलाई समृद्ध बनाउन सक्षम रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र सजिलै बनाउन सकिने बताउनु भयो ।
नेपालभित्र र बाहिर रहेका नेपालीहरूको आर्थिक गतिविधिलाई जोड्ने हो भने अर्थतन्त्र अहिले नै करिव १०० बिलियन डलर पुग्न लागिसकेको उहाँको भनाई छ । हाल ८० लाख नेपालीहरु बाहिर रहेको र वार्षिक करिव २० अर्ब डलर रेमिट्यान्स नेपाल भित्रिने गरेको उहाँले बताउनु भयो । नेपालभित्रको अर्थतन्त्र जति छ, त्यति नै आर्थिक गतिविधि विदेशमा रहेका नेपालीहरूसँग पनि जोडिएको उहाँको भनाई छ । उहाँले नेपाललाई समृद्ध बनाउन गैरआवासीय नेपालीहरूको लगानी महत्वपूर्ण हुने पनि बताउनु भयो । सरकारसँग गुनासो मात्रै गर्ने प्रवृत्ति त्यागेर देश निर्माणमा सक्रिय भुमिका खेल्न उहाँले गैरआवसीय नेपालीहरुलाई आह्वान गर्नुभयो । उहाँले विदेशी लगानी आकर्षित गर्नुअघि गैरआवासीय नेपाली तथा स्वदेशी निजी क्षेत्रको लगानी बलियो बनाउनुपर्नेमा पनि जोड दिनुभयो । गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ताको लगानी मजबुत नभएसम्म विदेशी लगानी सहज रूपमा नेपाल भित्रिन नसक्ने उहाँको भनाई छ । उहाँले नेपालीको निजी क्षेत्रले गैरआवासीय नेपालीहरुलाई बेवास्ता गरेको पनि गुनासो गर्नुभयो । नेपालको निजी क्षेत्र र गैरआवासीय नेपाली मिलेर काम नगरेसम्म नेपालले आर्थिक प्रगति गर्न नसक्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘हामीले नेपालीहरु बौद्धिक, आर्थिक, शारीरिक, मानसिक रुपमा नेपाललाई समृद्ध बनाउने क्षमता राखेका नेपालीहरु हौँ । हामीबीचमा एउटै कुराको अभाव छ, संकल्पको । त्यो संकल्प गरेमा छोटो समयमा नेपाललाई समृद्ध बनाउन सकिन्छ । २००३ मा ३० लाख नेपालीहरु बाहिर थिए, आज ८० लाख नेपाली बाहिर छन् । त्यो बेलामा ५ बिलियनको रेमिट्यान्सका कुरा गर्दा आज २० बिलियनका रेमिट्यान्सका कुरा गरिरहेका छौँ । देशको जिडिपी नेपालभित्र जति छ, त्यत्तिकै नेपाल बाहिर भएको छ । १० वर्षमा १०० बिलियनको ईकोनोमी बनाउने कुरा गरिरहेका छोँ, आजै यदी नेपाल बाहिर र भित्रको जोड्ने हो भने झन्डै १०० बिलियन पुग्न लागेका छौँ । हामी नेपाललाई किन समृद्ध बनाउन सक्दैनौ रु म गैरआवसीय नेपाली मित्रहरुलाई भन्न चाहन्छु, हामी सरकारसँग गुनासो मात्रै गर्छौं, सबै राम्रो भएको भए तपाई हाम्रो के आवश्यकता पर्ने थियो र रु जुन बेलामा देश अफ्ठ्यारोमा छ, नियम कानुनहरु अफ्ठ्यारा छन्, त्यस्ता बेला तपाई हामी आएर नेपाल बनाउने अभियान अगाडी बढाउनुपर्छ । आज नेपालीहरु विदेशी लगानीको कुरा गर्छौं । जबसम्म गैरआवासीय नेपालीका लगानी आउँदैनन् । नेपालभित्रै रहेका लगानीकर्ताहरुको लगानी राम्ररी अगाडी बढ्दैनन्, अरु विदेशी लगानीकर्ताको लगानी त्यतिकै लाउँदैनन् । पहिला यहाँका निजी क्षेत्रले गैरआवासीय नेपाली संघलाईसँगै लिएर हिड्ने गरेका थिए, तर अहिले यहाँका निजी क्षेत्रले लगानीका विभिन्न कार्यक्रमहरु गरेका हुन्छन्, तर गैरआवसीय नेपालाई अहिले छाडिदिनुभएको छ । केही व्यक्तिहरुको मतभेदलाई लिएर संस्थालाई भेदभाव नगर्नु नेपालको निजी क्षेत्र र गैरआवासीय नेपाली मिलेर अगाडी बढेमा यो देश छिटो अगाडी बढ्छ ।’
उहाँले गैरआवसीय नेपालीहरुलाई विदेशमा बसेर सरकार र नेपालीलाई देश बनाउने सुझाव मात्रै नदिन आग्रह गर्नुभयो । देश बनाउने दायित्व सबैको भएको उल्लेख गर्नुहुँदै उहाँले नेपालमा आएर योगदान गर्न आह्वान गर्नुभयो । – न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
-
२.
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
-
३.
इनिशा विक हत्यामा न्याय माग्दै माइतीघरमा प्रदर्शन
-
४.
निर्वाचन प्रहरी
-
५.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
ट्रेन्डिङ
सम्बन्धित समाचार
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...
‘सरकारले दिएको नागरिकता नै नचल्ने भयो’: एनआरएनए अध्यक्ष केसी
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अध्यक्ष डा।बद्री केसीले सरकारले दिएको गैरआवासीय नेपाली नागरिकता काम नलाग्ने भएको बताउनुभएको छ...
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । बैठक दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा...




