गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको बताउनुभएको छ ।
एनआरएनएको १२ औँ महाधिवेशनमा बोल्दै मन्त्री शर्माले प्रवासमा रहेका नेपालीहरूलाई ‘नेपाली सांस्कृतिक दूत’ र ‘जीवन्त सम्पर्क सूत्र’ भएको बताउनुभएको हो । उनीहरूको सीप र पुँजीलाई नेपालको रूपान्तरणमा लगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले एनआरएनहरूसँग रहेको अनुभव, सीप, अन्तर्राष्ट्रिय सम्पर्क सञ्जाल र पुँजी नेपालको औद्योगिक विकास, प्रविधि हस्तान्तरण र रोजगारी सिर्जनाका लागि महत्वपूर्ण स्रोत भएको दाबी गर्नुभयो । अबको समयमा प्रवासी समुदायको भुमिकालाई परम्परागत सोचबाट माथि उठाएर व्यापक र दूरदर्शी बनाउनुपर्ने मन्त्री शर्माको भनाइ छ । उक्त लक्ष्य प्राप्तिका लागि नेपाल सरकार, निजी क्षेत्र र प्रवासी नेपाली समुदायबीच सुदृढ सहकार्य, पारदर्शी र लगानीमैत्री नीतिगत सुधार तथा पारस्परिक विश्वास बढाउन आवश्यक रहेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ नेपालको संविधान, योजना तथा अन्य विषयगत कानूनहरूमा गैरआवासीय नेपालीलाई राष्ट्रको समग्र विकासको साझेदारका रूपमा स्वीकार गरिएको छ । हाम्रो देशको विकासमा यहाँहरूको भूमिका महत्वपूर्ण मात्र नभएर हाम्रो साझा राष्ट्रिय जिम्मेवारीको भावना पनि उत्तिकै बढाउँदै लैजानुपर्ने आवश्यकता छ । गैरआवासीय नेपाली समुदायसँग रहेको अनुभव, सीप, अन्तर्राष्ट्रिय सम्पर्क सञ्जाल तथा पुँजी नेपालकै विकास र रूपान्तरणका लागि महत्वपूर्ण स्रोत छ र रहनेछ । यसले औद्योगिक विकास, प्रविधि हस्तान्तरण तथा रोजगारी सिर्जनामा थप योगदान पु¥याउन, नेपालको आर्थिक वृद्धि विकास र समृद्धि ल्याउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिएको छु । आजको विश्वमा प्रवासी समुदायको भुमिकाका सम्बन्धमा हाम्रो सोचलाई व्यापक र दूरदर्शी बनाउन नितान्त आवश्यक भइसकेको छ । दीर्घकालीन लगानी, उत्साहमुखी, उत्पादनमुखी उद्योग, प्रविधि हस्तान्तरण, नवप्रवर्तन र ज्ञानमा आधारित अर्थतन्त्रको विकासतर्फ हामीले विशेष ध्यान केन्द्रित गर्नुपर्ने समय आएको महशुस गरिएको छ । यसका लागि सरकार, निजी क्षेत्र तथा प्रवासी नेपाली समुदायबीच सुदृढ सहकार्य, पारदर्शी एवं लगानीमैत्री नीतिगत सुधार, पारस्परिक विश्वास र दीर्घकालीन दृष्टिकोण बढाउने तर्फ सबैले पहल गर्न जरुरी भइसकेको यसै मञ्चबाट पनि महशुस गरिएको छ ।’
नेपालको संविधान र योजनाहरूले नै गैरआवासीय नेपालीलाई विकासको साझेदार मानेको उल्लेख गर्दै उहाँले मातृभूमिको विकासमा योगदान गर्नु सबैको साझा राष्ट्रिय जिम्मेवारी भएको स्मरण गराउनु भयो । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
-
२.
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
-
३.
इनिशा विक हत्यामा न्याय माग्दै माइतीघरमा प्रदर्शन
-
४.
निर्वाचन प्रहरी
-
५.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
ट्रेन्डिङ
सम्बन्धित समाचार
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको...
‘सरकारले दिएको नागरिकता नै नचल्ने भयो’: एनआरएनए अध्यक्ष केसी
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अध्यक्ष डा।बद्री केसीले सरकारले दिएको गैरआवासीय नेपाली नागरिकता काम नलाग्ने भएको बताउनुभएको छ...
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । बैठक दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा...




