काँग्रेस पोखराको विज्ञप्ति ‘गठबन्धनमा रहेका दलको हैसियत भन्दा ठूलो माग’

पोखरा । नेपाली काँग्रेस पोखरा महानगरपालिका कार्यसमितिले पोखरा महानगरको प्रमुख पद काँग्रेसलाई चाहिने जनाएको छ ।

सचिवद्वय गणेशबहादुर थापा र टुवराज बास्तोलाले सोमबार विज्ञप्ति जारी गरी काँग्रेस एक्लै निर्वाचनमा जाँदा पनि प्रमुख र उपप्रमुखसहित अधिकांश वडाहरुसमेत नेतृत्व लिन सक्ने अवस्था रहेको जनाएका छन् ।

गठबन्धनमा रहेका दलहरुले आफ्नो हैसियत भन्दा ठूलो माग राखी समय बर्बादी गर्न तल्लीन भएको उनीहरुको आरोप छ । काँग्रेसका उम्मेदवार घोषणा गर्न महानगर समितिले माग गरेको छ ।

विज्ञप्ति

You might also like
Comments
Loading...