कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक फागुन ३ गते पुनः बस्ने   

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक फागुन ३ गते बस्ने गरी सकिएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा माघ २८ गतेदेखि जारी आज बसेको बैठक फागुन ३ गते पुनः बस्ने गरी सकिएको हो ।

बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्था, अमेरिकी सहयोग एमसीसी, हुन बाँकी जिल्ला अधिवेशन सम्पन्न गर्ने सम्बन्धमा तथा स्थानीय निकायको आसन्न निर्वाचनलगायत विषयमा सदस्यले आआफ्नो धारणा राखेका थिए ।

 

You might also like
Comments
Loading...