भोलि एमाले अध्यक्ष केपी ओली पोखरा आउने, सयौं एमाले प्रवेश गर्दै  

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन १३ गते पोखरा आउने भएका छन् ।

एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा भाग लिन ओली पोखरा आउन लागेको प्रदेश उपसचिव रश्मी आचार्यले जानकारी दिए ।

कार्यक्रममा विभिन्न पार्टीका सयौं नेता तथा कार्यकर्ता एमाले प्रवेश गराउने तालिका रहेको  आचार्यले बताए ।

स्थानीय तहको निर्वाचनको पूर्व तयारीका सन्दर्भमा सम्बन्धमा समेत कार्यक्रममा छलफल हुने भएको छ ।

कार्यक्रम पोखरा सभागृहमा दिनको ठिक ११ बजे तय गरिएको छ ।

You might also like
Comments
Loading...