प्रमुख खवर

चुनावमा राम्रा छानेर मात्र भोट हाल्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बेरोजगारी, गरिबी, अविकसितको अन्त्य कुनै भगवान आएर गर्ने नभई नेता र राजनीति, सरकार र पार्टीले गर्ने भएकाले चुनावमा सोच विचार गरेर राम्रो मान्छेलाई भोट दिन आग्रह गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रे जिल्ला कार्यसमितिले आज बनेपामा आयोजना गरेको चुनावीसभामा उनले आफ्नो जीवनकालमा सबैखाले अभावको अन्त्य भएको देख्न चाहनेले ख्यालख्यालमा भोट नदिन आग्रह गरेका हुन् ।

राजाले १८ महिनासम्म प्रत्यक्ष शासन चलाउँदा राजाले शासन चलाउने होइन भनेर विरोध गरेपछि सबै छोडेर जनताको नासो जनतालाई नै जिम्मा दिए भनेर छाडेर हिडेको उल्लेख गर्दै उनले राम्रो मान्छेलाई राजनीतिमा ल्याएर सोचविचार गरेर मात्रै भोट दिएको अवस्थामा त्यसको उचित प्रयोग हुने विचार राखे ।

बेलामा मल नपाउने र जन्माएर बढाएको सन्तानलाई नागरिकतासँगै राहदानी बनाएर विदेश पठाउनुपर्ने देशको बाध्यकारी अवस्था रहेको उल्लेख गर्दै उनले त्यसको अन्त्यका लागि सबैले सोच्ने बेला आएको बताए ।

सम्बन्धित समाचार

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...