प्रमुख खवर

जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको मतपरिणाम सार्वजनिक हुन्छ : दिनेशकुमार थपलिया

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले वैशाख ३० गते निर्वाचन सम्पन्न सबै स्थानीय तहको मतपरिणाम जेठ ३ गतेभित्र ५० प्रतिशत र ५ गतेभित्र सम्पूर्णको सार्वजनिक गर्न निर्देशन दिएको बताए ।

मतगणनास्थलमा अत्यधिक जनशक्ति परिचालन गर्ने, सुरक्षा व्यवस्था मिलाउने र त्यसको लागि आवश्यक पर्ने व्यवस्था र वित्तीय खर्च मागअनुसार आयोगले व्यवस्था गर्ने उनले प्रष्ट पारे ।

थपलियाले मतगणनास्थलमा निजामती कर्मचारी, प्रदेश सरकार वा स्थानीय निकायका कर्मचारीलाई परिचालन गरी यथासक्य धेरै टोली बनाइ मतगणनाकार्यमा वृद्धि गर्नुपर्नेमा जोड दिए ।

उनले आयोगले ७७ जिल्लामा शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न भएको निर्वाचनको घोषणा नागरिकलाई जानकारी दिन सम्पूर्णरुपमा काम गरिरहेको बताए ।

मतगणनास्थलमा दलका प्रतिनिधि र गणकबीच मतपत्रका सम्बन्धमा साना, मसिना त्रुटि समाधानमा आयोगले सहजीकरणको भूमिका खेल्नेसमेत उहाँले उल्लेख गरे ।

“मतगणनास्थलमा सुरक्षा संयन्त्र सुदृढ छ, यसमा सुरक्षा निकायबाट सुनिश्चितता प्रदान गरिएकोले कुनै किसिमबाट अल्मलिनु हुँदैन”, उनले भने।

वैशाख ३० गते निर्वाचनका क्रममा केही स्थनामा भएको घटनामा सङ्लग्न व्यक्तिलाई छिट्टै नियन्त्रणमा लिई निर्वाचन अपराध तथा कसुर सजाय ऐनअन्तर्गत कार्वाहीको प्रक्रिया प्रारम्भ गर्न सरकारलाई आग्रह गरेको थपलियाले जानकारी दिए ।

सम्बन्धित समाचार

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...