प्रमुख खवर

बाराका करैयामाई र परवानीपुर गाउँपालिकामा जसपा र एमाले विजयी

काठमाडौं । बाराका २ गाउँपालिकामा जसपा र एमाले विजयी भएका छन् । बाराको परवानीपुर गाँउपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा राम क्षेत्री पटेलले लोसपाका उम्मेदवार जगतनारायण महतोलाई ४७४ मतले पराजित गरेका हुन् । पटेलले २ हजार ९१७ मत ल्याउँदा प्रतिस्पर्धी महतोले २ हजार ४४३ मत ल्याएका छन् ।

त्यस्तै करैयामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का शम्भुप्रसाद यादव र उपाध्यक्षमा सोही पार्टीका सुनैना चौधरी निर्वाचित भएकी छन् ।

निर्वाचित शम्भुप्रसाद यादवले निकटतम प्रतिष्पर्धी भुवनेश्वर चौधरीलाई २ हजार १९८ मतले पराजित गरेका हुन् । यादवले ५ हजार ५८९ र चौधरीले ३ हजार ४०० मत प्राप्त गरेका छन्।

चौधरी निवर्तमान गाँउपालिका प्रमुख समेत हुन् । यसैगरी उपाध्यक्षमा जसपाकी सुनैना चौधरीले काँग्रेसकी चित्ररेखा चौधरीलाई २ हजार २६७ मतले पराजित गरेकी छन् । सुनैनाले ५ हजार ४३९ मत प्राप्त गर्दा चित्ररेखाले ३ हजार १७२ मत ल्याएकी थिइन् ।

सम्बन्धित समाचार

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...