बागलुङमा चट्याङ लागेर एकको मृत्यु, तीन जना गम्भीर घाइते
काठमाडौं । बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । ढोरपाटन नगरपालिका–७ गाल्ढुङका कालीप्रसाद विक र पुण्यराम कामीको घरमा आज दिउँसो चट्याङ परेको थियो ।
चट्याङ लागेर गम्भीर घाइते भएका कालीप्रसाद विकका छोरा १९ वर्षीय बालचन्द्रको उपचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै, चट्याङ लागेर सोही ठाउँका जेने विकका १६ वर्षीय छोरा बिटु विक, डल्ले विककी छोरी १६ वर्षीया लक्ष्मी विक र ७२ वर्षीय पुण्यराम कामी गम्भीर घाइते भएका छन् । घाइते तीनै जनालाई थप उपचारका लागि पाल्पाको मिसन अस्पताल पठाइएको जिप्रकाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...
कति छ काठमाडौँ उपत्यकाको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...




