आँखाको उपचार नहुँदा पढ्नबाट वञ्चित
काठमाडौं । उपचारका लागि आर्थिक अभाव भएका कारण डोटीको आदर्श गाउँपालिका-६ गिरीचौकका १४ वर्षीय पुरन अधिकारी घरैमा थन्किएर बस्न बाध्य भएका छन् ।
पढ्ने इच्छा भएका अधिकारी दुबै आँखा नदेख्ने भएका कारण पढ्नसमेत सकिरहेका छैनन् । आफूसँग आर्थिक अभावका कारण पुरनले आँखा नदेख्नेहरुका लागि पढाइ हुने विद्यालयमा पढ्नसमेत जान सकेका छैनन् ।
बालबालिकाको आँखाको साधारण जाँच देशका सबैजसो अस्पतालमा हुने भए पनि शल्यक्रिया र जटिल खालका रोगका लागि अझै काठमाडौंका ठूला अस्पतालमा नै जानुपर्ने बाध्यता कायम रहेकाले आफूहरुले पुरनलाई अस्पताल पु¥याउन नसकेको उनका बुबा जैराम अधिकारीले बताए ।
उनले भने,“यताका अस्पतालमा शल्यक्र्रिया हुँदैन, जिल्ला बाहिर लैजाउ पैसा छैन, कसरी छोरालाई आँखा देख्ने बनाएउ यही समस्याले पिरोलिरहन्छ ।”
बालबालिकामा आँखासम्बन्धी समस्या देखा पर्नासाथ उपचार गरे धेरै खालका जोखिम कम गर्न सकिने शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक तथा स्वास्थ्यकर्मी आइजङ कुँवरले बताए ।
उनको अहिलेको दैनिकी भनेको रेडियो सुनेर गीत गाउने र घरैमा बस्ने भएको छ ।उनीसँगैको कान्छो भाइसमेत आँखा नदेख्ने भएपछि परिवारमा झन पीडा थपिएको छ ।
आँखा नदेख्ने दुबै छोरालाई खाना खुवाउन, सरसफाइ गर्न लगायतका काममा आफूले समय बिताउनुपरेको आमा पशुली अधिकारीले दुःखेसो पोखेका थिए ।
उनले भने ,“म बाचुञ्जेल त छोराहरुको हेरचार गरुला, म नभएपछि यिनीहरुको भविष्य के होला, जहिले चिन्ताले सताएको हुन्छ ।”
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...




