तीतेकरेला खाँदा हुुन्छन् यी फाइदा तथा बेफाइदा जान्नुहोस्!
काठमाडौं । तीते करेला भन्नेवित्तिकै धेरै जोसुकैले नाक खुुम्चाउने गछौं तर तीते करेलाको तरकारी हाम्रो भान्सामा जसै कुनै न कुनै बेला पाकिरहेकै हुुन्छ ।
तीते करेलालाई वैज्ञानिक नाम Momordica charantia बाट चिनिने तीते करेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ। अङ्ग्रेजीमा भने यसलाई बिटर मेलन वा बिटर गोर्ड पनि भन्ने गरिन्छ।
तीते करेला वैज्ञानिक वर्गीकरण अनुसार फूलफुल्ने वनस्पतिको समूहमा कुकुरबिटासी परिवारमा पर्ने एक वनस्पति हो।हेर्नमा हरियो र सेतो, स्वादमा तीते करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर तरकारी हो। सब्जीको रूपमा प्रयोग गरिने करेला लहरामा फल्ने फल हो। करेलामा रहेकोMomordicin नामक रासायनिक पदार्थले गर्दा यसको स्वाद तीतो हुन्छ।
करेलामा भिटामिन बी १, बी २, बी ३, भिटामिन सी, म्याग्नेसियम, फोलेट, जिंक, फस्फोरस, आइरन, फाइबर क्यालोरी, क्यारोटिन, क्याल्सियम र पोटासियम प्रशस्त मात्रामा पाइन्छन् जुन स्वास्थ्यका लागि लाभदायक हुन्छ । त्यस्तै करेलामा इन्सुलन पाइन्छ ।
आज हामी त्यही तीतो तरकारी तीतेकरेलाको फाइदाबारे जानकारी दिन गइरहेका छौं ।
-दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । स्वास्थ्यमा परिवर्तन आएको हेर्न कम्तीमा पनि एक साता करेलाको जुस पिउनै पर्ने हुन्छ ।
– श्वासप्रश्वास समस्यामा ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्या भएकाहरुका लागि करेला निक्कै गुणकारी हुन्छ । यसको सेवनबाट यस्ता प्रकारका रोगीहरुलाई केहि राहत मिल्न सक्छ ।
-पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।
– मधुमेह करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । करेलामा रहेका रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् ।
-करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ ।
– यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ ।
– यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ
-यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ ।
-यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले चाँडो/चाँडो तौल घटाउन यसले मद्दत गर्छ ।
-करेलाको सेवनले क्यान्सरका कोष वृद्धि हुनबाट जोगाउछ ।
-कपाल चम्काउन करेलाको रसमा एक कप दही मिसाएर लगाउने र केही समयपछि धुने, यसले कपालमा प्राकृतिक चमक आउछ । करेलाको जुसले कपाल झर्ने समस्या पनि हटाउछ । करेलाको जुसमा चिनी मिसाएर लगाउनाले कपाल झर्ने समस्या समाधान हुन्छ ।
– करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ ।
-तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।
– तीतेकरेलाको जराको रसमा बराबर मात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वाससम्बन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग निको हुुन्छ ।
करेलाका बेफाइदा यस्ता छन् :
-रक्तचाप कम भएका विरामीले नियमित खानु हुँदैन् ।
-डाइभेटिजको औषधी खानेलाई पनि यसले असर गर्दछ ।
-गर्भवती महिलाले बढी मात्रामा करेला खानुहुँदैन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...




