तातोपानीले पाँच शय्याको अस्पताल निर्माण गर्ने
काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिकाले पाँच शय्याको अस्पताल निर्माण गर्ने भएको छ । आगामी साउनबाट तातोपानी गाउँपालिका-६ स्थित हियाँखोलामा पालिकाले पाँच शय्याको अस्पताल निर्माण गरिने गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईं जानकारी दिए ।
उनले भने, “अस्पताल निर्माणका लागि डिपिआरसमेत तयार भइसकेको छ । आउने साउन महिनाबाट अस्पताल निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । डिपिआर सबैको सहमतिमा पास भएको छ ।”
अस्पतालका लागि आवश्यक जग्गासमेत प्राप्त भइसकेको छ । गाउँमै निर्माण हुने अस्पतालले स्थानीयवासीलाई राहत मिल्ने छ । गाउँमा नै सुत्केरी गराउनेको सङ्ख्या वृद्धि हुने र स्वास्थ्य सेवाको राम्रो पहुँच वृद्धि गर्ने उद्देश्यले सो अस्पताल निर्माण गर्न लागिपरेको अध्यक्ष चौलागाईंले जानकारी दिए ।
अस्पताल निर्माणका लागि सोही गाउँपालिका–६ निवासी विष्णु रोकायाले तीन हजार ८३८ वर्गमिटर जग्गा निःशुल्क प्रदान गरेका छन् । निःशुल्क रुपा दिइएको जग्गा पालिकाका नाममा पाससमेत भएर आइसकेको छ ।
अस्पताल निर्माण भएपछि यहाँका सबै वडाका स्थानीयवासीले सहजै रुपमा गाउँमा सुविधा स्वास्थ्य सेवा पाउने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बीस लाख लगानीमा डिपिआर तयार भएको छ ।
अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चिततासमेत गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले जानकारी दिए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...




