प्रमुख खवर

सीमामा कोरोना संक्रमण बढ्ने जोखिम

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसबाट सङ्क्रमित हुने बढ्न थालेका छन् ।

गएको २४ घन्टामा कोरोना भाइरसको आशंकामा पिसिआर र एन्टिजेन पद्दतिबाट नमूना परीक्षण गरिएकामध्ये पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य निर्देशनालय दीपायलको तथ्यांक अनुसार मंगलबार पिसिआर पद्दतिबाट १८ र एन्टिजेन पद्दतिबाट सीमा नाकामा २९३ जनाको नमूना परीक्षण गरिएको थियो । पछिल्लो एक हप्तामा ११ जनामा कोरोनाको संक्रमण देखिएको छ । गएको फागुनयता यो रोगका कारण हुने मृत्यू दर भने शून्य छ ।

छिमेकी भारतमा यो रोगको सङ्क्रमण बढेसँगै नेपालमा पनि यो रोगको संक्रमण बढ्ने जोखिम देखिएकोे सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीले बताए ।

सीमा नाकामा रोकथामका लागि गर्नुपर्ने सतर्कतामा लापरबाही भइरहँदा यो रोगको जोखिम देखिएको हो । भातरबाट फर्किनेमा यो रोगको संक्रमण देखिन थालेको बताइएको छ ।

गौरिफन्टा सीमा नाकामा खटिएका डम्मर खातीले आफ्नो स्वास्थ्यको नमूना परीक्षण गराउने काममा भित्रिने नागरिकबाट लापरबाही हुँदा समस्या भइरहेको बताए ।

उनले भने,‘‘भित्रिनेहरु हेल्थ डेस्कमार्फत् आफ्नो नमूनाको नतिजा नआउँदै गन्तव्यमा हिँड्दा समस्या भइरहेको छ, उहाँहरुलाई नतिजा आउने समयसम्म निगरानीमा राखिदिने काम कसैबाट हुन सकिरहेको छैन ।’’ मंगलबार सुदूरपश्चिमका विभिन्न सीमानाकाबाट ५१६जना स्वदेश भित्रिएका थिए ।

कोरोनाको समस्या देखिएयता हालसम्म प्रदेशमा पिसिआर पद्दतिबाट दुई लाख २१ हजार ६३५ र एन्टिजेन पद्दतिबाट तीन लाख २५ हजार १५७ को नमूना परीक्षण भइसकेको छ । यीमध्ये पिसिआर तर्फ ४२ हजार १७८ र एन्टिजेन तर्फ १७ हजार ४९२ जनामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमित हुनेमध्ये ५९ हजार २० जना उपचार व्यवस्थापनपछि घर गएका छन् ।

अहिलेसम्म कोरोनाबाट संक्रमित ६३३ व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसविरुद्धको खोप लागाउने दर बढ्दै गएको छ । प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसङ्ख्या २२ लाख ८३ हजार ३८८ मध्ये अधिकांशले पूर्ण मात्राको खोप पाइसकेको निर्देशनालयले जनाएको छ ।

बालबालिकालाई खोप दिने तयारी भइरहेको छ । कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सुरुका वर्षको तुलनामा हाल अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार जुटेको भए पनि दक्ष जनशक्तिको भने अझै अभाव रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...