पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण सफल
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलोपटक सफल मिर्गौला प्रत्यारोपण गरिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प.क्षे. अस्पतालमा एक ५० वर्षिया महिलाको किड्नी ट्रान्सप्लान्ट (मिर्गौला प्रत्यारोपण) को आज सफलतापूर्वक सम्पन्न भएको हो।
ति महिलालाई उनकै ५१ वर्षिय श्रीमानले किड्नी प्रदान गरेको अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले जानकारी दिए ।
काठमाडौंबाट डा.पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा.प्रकाश क्षेत्री, डा.अनुप चापागाई, डा. माया लामा, डा.जुजु श्रेष्ठ, डा.अमृत केसीको मेडिकल टिमले प्रत्यारोपण गरेको हो ।
अब अस्पतालमा नियमित प्रत्यारोपण गर्ने निर्देशक प्रा.डा. खत्रीले बताए । प्रत्यारोपण कार्यमा सहभागी सिंगो मेडिकल टिमलाई प्रा.डा. खत्रीले आभार व्यक्त गरेका छन् भने बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...




