ग्रामीण क्षेत्रका महिलामा आङ खस्ने समस्या अत्यधिक
काठमाडौं । बर्दियाका ग्रामीण क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर)खस्ने समस्या देखापरेको छ । गुलरिया नगरपालिकाले १२ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा उक्त अवस्था जानकारीमा आएको हो ।
गुलरिया स्वास्थ्य शाखाका सिनियर अनमी विष्णु सापकोटाका अनुसार शिविरमा झडै ६०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । दश महिलाको पाठेघरमा रिङ राखिको उनले बताए ।
जाँच गर्दा ४० वर्ष उमेर नाघेका महिलामा आङ खस्ने समस्या पाइएको छ । पाठेघर खस्ने रोगबाट पीडित महिलामध्ये एक चौथाइको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको सापकोटाले बताए ।
विशेषतः थारू, दलित, मधेसी र सीमान्तकृत समुदायका महिला उक्त रोगबाट बढी पीडित रहेको सापकोटा बताउछन् । केही महिनाअघि कार्यालयले आङ खस्ने रोगबाट पीडितमध्ये संवेदनशील अवस्थाका १५ जनाको निःशुल्क शल्यक्रिया गरेको थियो ।
कम उमेरमा विवाह गरेका, असुरक्षितरूपमा बच्चा जन्माएका र गर्भावस्थामा पोषिलो खानेकुरा नखाएका महिलामा पाठेघर खस्ने समस्या बढी देखिने गरेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...




