प्रमुख खवर

२४ घण्टामा थप २२९ मा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएको थियो ।

एक हजार ६४४ जनाले पिसिआर र दुई हजार ६८ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६७ हजार ९०६ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८७ हजार ९७२ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रतिको संख्या १ हजार २८४ रहेको छ ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा एक हजार २४९, संस्थागत आइसोलेसनमा ३५, आइसियू १४ र भेण्टेलेटरमा एक जना संक्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ मात्रै रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, जाजरकोट, डोल्पा, कालीकोट, मुगु, बाजुरा र डडेलधुरा रहेका छन् ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ७८६, ललितपुर ९० र भक्तपुरमा १९ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमण दर १७ प्रतिशत छ ।

सम्बन्धित समाचार

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...