प्रमुख खवर

राप्रपा केन्द्रीय सदस्य पोखरेलले काठमाडौं क्षेत्र नं. २ बाट चुनाव लड्ने

काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक पार्टीको (राप्रपा) का केन्द्रीय सदस्य कुन्तीदेवी पोखरेलले आफु आगामी संसदीय चुनावमा उठ्ने घोषणा गरेकी छन् । राष्ट्रवादी शक्ति बलियो बनाउन र जनताको सेवा गर्न चुनाव उठन लागेको उनले बताईन । शनिवार भएको राष्ट्रिय प्रजातान्त्रिक पार्टीको (राप्रपा) बृहत संगठन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सो घोषणा गरेकी हुन्।

कार्यक्रममा उपस्थित राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देल, पुर्व अध्यक्ष पशुपति शम्सेर जबरा, पुर्व अध्यक्ष डा. प्रकाश चन्द्र लोहनी र कामपाका नवनिर्वाचित राप्रपाका वडा अध्यक्ष कर्णे ध्वजको उपस्थिति रहेको थियो ।

कार्यक्रमका बोल्दै पोखरलले केहि समय पछि कार्यकारी पदमा पनि भारतीय नगरिकको प्रवेश हुनसक्ने भन्दै पोखरेले नागरिकता विधेक पास गरेको भन्दै विरोध गरेकी छन् ।

“त्यसैले म अगाडि बढेको छु, तपाईहरुको साथ सहयोग चाहिन्छ, तपाईहरुको सामु म काठमाडौ क्षेत्र नं २ बाट संसदीय चुनाब लडदै छु, पार्टीको आशीर्वाद र पार्टीको एउटा विधिबाट म उम्मेदवारका रुपमा छानिए भने बहुमतका साथ क्षेत्र नम्बर दुईमा म जित्छु” पोख्रेलले भनिन् ।

उनले राप्रपाको मुख्य एजेन्डा राजा चाहिन्छ भन्ने विषयलाई प्रचारप्रसार गरिदिएको भन्दै नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई धन्यवादसमेत दिएकी छन । साथै उनले सबैलाई राप्रपाको एजेन्डा मन परेको पनि बताइन । त्यस्तै पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलार्ई राप्रपासँग गठबन्धन गर्न आग्रह गरेकी छन् ।

“जित पक्का छ भनेर मात्र हुँदैन । घरघरमा एजेन्डा स्थापित गर्न जानुपर्छ । जनतालाई एजेन्डा बुझाउन सक्नुपर्छ । एक भएर लाग्नु पर्छ” उनले भनिन् ।

सम्बन्धित समाचार

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...